प्रहरी नियन्त्रणमा रहेका युवककाे मृत्यु भएपछि आफन्त आन्दाेलित

युवकलाई प्रहरीले कुटपिट गरेका थिए

सुर्खेतमा प्रहरीको कुटपिटबाट कालीकोटका कृष्ण हमालको मृत्यु भएको भन्दै आफन्त आन्दोलित भएका छन् ।

हिजाे साँझ नेपालगञ्जबाट सुर्खेत आउँदै गर्दा वीरेन्द्रनगरमा रहेको सुब्बाकुना प्रहरी चेकपोष्टमा मादक पदार्थ सेवन गरेको भन्दै हमाललाई प्रहरीले कुटपिट गरेको थियो ।

प्रहरीको कुटपिटका कारण हमालको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् ।

प्रहरीको कुटपिटका कारण मृत्यु भएको भन्दै आफन्तले आज दिउँसो वीरेन्द्रनगर बजारमा आन्दोलन गरेका हुन् ।

आक्रोशित भीडले आन्दोलन चर्काएपछि सुर्खेत अस्पतालले विज्ञप्तिमार्फत अस्पताल ल्याउनु पूर्व नै युवकको मृत्यु भएको जनाएको छ ।

अस्पताल प्रशासनले जारी गरेको विज्ञप्तिमा हिजाे शनिबार बिहान १०ः१५ मा दुई जना व्यक्तिले बेहोस् भएको भनेर ल्याएको र चेकजाँच गर्दा मृत्यु भइसकेको उल्लेख गरेको छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img