फेमिली केयर अस्पतालमा घाइते असुरधोज राईको उपरेशन गरिदै ।

खोटाङमा गोरुले हान्दा गम्भीर घाइते भएका असुरधोज राईको मृत्यु भएको छ ।

हिजो बिहान आफैले पालेको गोरुले हान्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाका ५३ वर्षीय राई गम्भीर घाइते भएका थिए । उनको आन्द्रा बाहिर निस्केको थियो ।

दिक्तेलस्थित फेमिली केयर अस्पतालमा डा. केके राईकाे टिमले उनको अपरेशन गरेकाे थियाे । तर, पनि उनी बाच्न सकेनन् ।

राईका छिमेकीसमेत रहेका जनता समाजवादी पार्टी खोटाङका युवा नेता रविन खम्बूले आज बिहान उनको निधन भएको जानकारी गराए ।

मुख नआउने तथा अपांग नागरिकसमेत रहेका उनलाई बचाउन छर-छिमेक र चिकित्सकहरुले निकै प्रयास गर्दा पनि नकिएको खम्बूले फेसबुकमा उल्लेख गरेका छन् ।