नेपाल तामाङ घेदुङको अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः मोहन गोले निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न घेदुङको नवौं संघीय महाधिवेशनबाट गोले दोस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन् ।
हिजो बेलुका अध्यक्षमा भएको मतदानमा गोलेले ४०१ मत प्राप्त गरे भने उनका प्रत्यासी बेलीमाया लामाले १०७ मतमात्रै पाए ।
यसैगरी सहअध्यक्षमा कुमार घिसिङ निर्वाचित भएका छन् । उनले ३२१ मत ल्याए । सहअध्यक्षका प्रत्यासी मित्रसेन योञ्जनले १४६ मत पाए ।
वरिष्ठ उपाध्यक्षमा रामकृष्ण ब्लोन, उपाध्यक्षमा सोमबले तामाङ, नरबहादुर मोक्तान, धर्म डुम्जन, मानबहादुर तामाङ, दिपक वाइबा, महिला उपाध्यक्षमा सन्चकुमारी ब्लोन र सीता लामा निर्वाचित भएकी छन् ।
यसैगरी महासचिवमा काजीमान थिङ, उपमहासचिवमा जगत दोङ र हर्कमान तामाङ, सचिवमा जयमान वाइबा, गोमानसिंह तामाङ, बेलबहादुर तामाङ र विनाकुमारी माम्बा, कोषाध्यक्षमा रुपबहादुर योञ्जन र सहकोषाध्यक्षमा सावित्री तामाङ निर्वाचित भएकी छन् ।
सदस्यहरुमा पदमबहादुर ग्याबक, गोपाल मोक्तान, विष्णु मोक्तान, दिलबहादुर तामाङ, पदम तामाङ, चन्द्रबहादुर तामाङ, धनबहादुर तामाङ, डम्बरी माया घिसिङ, कमला तामाङ, शारदामाया तामाङ, पाल्छाङ योञ्जन, जयमान पाख्रिन, भिमबहादुर घिसिङ, प्रेमध्वज लामा, लक्ष्मी वाइबा, राम्रीमाया तामाङ चयन भएका छन् ।
दिनेश कुमार तामाङ, अमृत तामाङ, मीनबहादुर लामा, सुवास लामा, फुर्साङ तामाङ, सूर्य पाख्रिन, हिरालाल तामाङ, रोजबहादुर मोक्तान, सुवास लामा, निर्मलबहादुर तामाङ, मेम्बर बहादुर लो, दिना लामा, सङ्गीता तामाङ, पासाङडोल्मु तामाङ, उषा वाइबा, सितामाया तामाङ, अजय दोङ तामाङ, शुकदेव तामाङ, सुन्दर तामाङ, आशा तामाङ, वीरबहादुर तामाङ, कविराम तामाङ, जानुकला तामाङ, शान्त तामाङ, इन्द्रमाया लामा, लक्ष्मी पाख्रिन, सुनिता थोकर, निशा मोक्तान, श्रमिक लामा पनि सदस्यमा चयन भएका छन् ।