रोहिणी खोलामा बस खस्दा नौको मृत्यु, २३ घाइते

भैरहवा–परासी सडक खण्डमा पर्ने रुपन्देहीकाे रोहिणी खोलामा यात्रुवाहक बस दुर्घटनाग्रस्त हुँदा नौ जनाको मृत्यु भएको छ ।

जनकपुरबाट भैरहवाका लागि छुटेको लु२ख ३८४१ नम्बरको यात्रुवाहक बस आइतबार बिहान साढे ४ बजे पुलबाट खोलामा खसेको हाे ।

जसका कारण बसमा सवार नौ जना मृत्यु भएको छ भने २३ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

उपचारको क्रममा पाँच जनाको भैरहवास्थित मेडिकल कलेज र चार जनाको भीम अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भैरहवाका प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले बताए ।

चालक निदाएका कारण बसले रोहिणी पुलको रेलिङ तोड्दै खोलामा खसेको प्रहरीको अनुमान छ । घाइतेहरूको भैरहवास्थित भीम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img