अश्लील शीर्षक राखेर युट्युब भिडियो बनाउने व्यक्ति पक्राउ

प्रहरीले अश्लील शीर्षक राखेर युट्युब भिडियो बनाउने एक व्यक्तिलाई प्रक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।

प्रहरीले ४ रियल टिभी नामक युट्युब चलाउने नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं ७ महादेवफाँट घर भएका काठमाडौंको बौद्धमा बस्ने २२ वर्षीय प्रवेश लामालाई पक्राउ गरी विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाही अघि बढाएको हो ।

नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्युरोका अनुसार लामालाई हिजो पक्राउ गरिएको हो । काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थपेर अनुसन्धान भइरहेको जनाइएको छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img