वैदिक आर्य समाजमा गाई खाने परम्परा थियो

चन्द्रप्रकाश बानिया

भारतकै ठूला मानिएका गाईको मासु निर्यात गर्ने कम्पनीहरुमध्येका दश वटा कम्पनीका मालिक ब्राह्मण छन् ।

हिन्दुवादका प्रणेता साबरकरले गाईलाई पवित्र होइन, उपयोगी जनावर मान्थे । र, विदेशमा जाँदा बिफको स्वाद लिनबाट चुक्दैनथे ।

बेलायतको कुनै होटेलमा गाईको मासु खाँदै गरेका सावरकरलाई कसैले किन बिफ खाएको भनेर सोधेको प्रश्नको उनको जवाफ मनोरञ्जक थियो ।

उनले भनेका थिए रे- मैले खाँदै गरेको मासु हिन्दुस्तानी गाईको होइन, यो बेलायती गाईको हो ।

वैदिक आर्य समाजमा गाई खाने परम्परा थियो भन्ने कुरा वेद, ब्राह्मण, सूत्र र स्मृतिबाट खुल्दछ । तेह्रौं शताब्दीमा कलिवर्ज्य नामको नियम बनेपछि गाैमांस बर्जित भएको हो भनेर हिन्दु धर्मविज्ञ डा. पाण्डुरङ वामकाँडेले आफ्नो पुस्तक धर्मशास्त्रका इतिहासमा उल्लेख गरेका छन् ।

हिन्दु मान्यताका खानपानसम्बन्धी कैयौं नियमहरुमा गव्यलाई अनिवार्य आवश्यक वस्तु मानिएको देखिन्छ । गव्य भनेको गाईको मासु हो भन्ने कुरा निघन्टुले परिभाषित गरेको छ ।

गव्यन पितृ तृप्यन्ते भनेर याग्यवल्क्यस्मृतिले भनेको छ । मनुस्मृति र विष्णु पुराणमा समेत श्राद्धभोजनमा बोलाइएको ब्राह्मणलाई गाई, भैंसी, सुँगुर, मृग वा गैंडाको मासु खुवाउनु मात्र भनिएको होइन, मनुस्मृतिले त श्राद्ध भोजनमा पस्किइएको मासु खान इन्कार गर्ने ब्राह्मणका एक्काइस कुल नर्कमा पर्छन् र उ आफू पनि पशुका शरीरमा जति रौं हुन्छन् त्यति नै वर्ष नरक पर्छ भनिएको छ ।

पशुबध धार्मिक दृष्टिमा अपराध मानिन सक्छ । तर यो वा त्यो पशु अवध्य हुन्छ भन्ने कुरा पाखण्ड मात्रै हो भन्ने कुरा हिन्दु शास्त्रको अध्ययनबाट खुलस्त हुन्छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्