नेपालमा विदेशी पर्यटकः १६ वर्षमा एक बल्ल करोड

सन् २०२३ मा नेपालका पर्यटन व्यवसायीहरुले अपेक्ष गरे भन्दा बढी विदेशी पर्यटकहरु नेपाल भ्रमणमा आएका छन् । २०२३ मा १० लाख १५ हजार पर्यटकहरुले नेपाल भ्रमण गरेका छन् । जुन संख्याले हामीलाई धेरै खुसी तुल्याएको छ ।

हुन त तथ्यांक हेर्दा २०२३ को डिसेम्बर महिनामा विगत वर्षका डिसेम्बर महिनामा भन्दा धेरै राम्रो संख्यामा विदेशी पर्यटकहरुले नेपाल भ्रमण गरे । त्यसैले गर्दा २०२३ मा सहजै १० लाख विदेशी पर्यटकको संख्या नाघ्यो । अर्थात् २०२३ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या १० लाख १४ हजार ८७४ जना पुगेको छ ।

त्यसो त नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्याकै कुरो गर्दा सन् २०१९ मा हालसम्मकै धेरै संख्यामा विदेशी पर्यटकहरुले नेपाल भ्रमण गरेका थिए । तथ्यांक अनुसार सो वर्ष ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

त्यस्तै गरेर सन् २०१८ मा चाहिँ ११ लाख ७३ हजार ७२ जना विदेशी पर्यटकहरुले नेपालको भ्रमण आएका थिए । स्मरण रहोस्, सन् २०१८ मा नेपाल भ्रमण गर्न आएको ११ लाख ७३ हजार ७२ जना विदेशी पर्यटकहरुको संख्या भनेको अघिल्लो वर्ष अर्थात् सन् २०१७ को तुलनामा २४ दशमलब ८ प्रतिशतले बढी संख्या रहेको थियो ।

त्यस्तै गरेर सन् २०१७ मा चाहिँ नौ लाख ४० हजार २१८ जनाले विदेशी पर्यटकहरुले नेपाल भ्रमण गरेका थिए । यो भनेको अघिल्लो वर्ष अर्थात् २०१६ को तुलनामा २४ दशमलब ८ प्रतिशतले बढी संख्या रहेको थियो । रोचक के छ भने नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या वृद्धि दर सन् २०१७ र सन् २०१८ मा बराबर रहेको थियो ।

त्यस्तै गरेर सन् २०१६ चाहिँ सात लाख ५३ हजार दुई जना विदेशी पर्यटकहरुले मात्रै नेपालको भ्रमण गरेका थिए भने यो संख्या भनेको सन् २०१५ को तुलनामा माईनस शून्य दशमलब ९ प्रतिशतले कमी रहेको थियो ।

त्यस्तै सन् २०१५ मा चाहिँ केवल पाँच लाख ३८ हजार ९७० जना विदेशी पर्यटकहरुले मात्रै नेपाल भ्रमण गरेका थिए । त्यसको खास कारण चाहिँ नेपालमा भूकम्प जानु र भारत सरकारले नेपालमाथि नाकाबन्दी लगाउनु रहेको थियो । हुन पनि सो वर्ष ठुलो परिमाणमा नेपालमा विदेशी पर्यटकको आगमन दरमा कमी आयो । अर्थात् एकैचोटि लगभग एक तिहाईले नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या घटेको थियो ।

हुन पनि तथ्यांककै आधारमा भन्नु पर्दा सन् २०१५ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या सन् २०१४ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको तुलनामा माईनस ३१ प्रतिशतले कमी रहेको थियो । उता सन् २०१४ मा भने सात लाख ९० हजार ९२ जना विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए भने सो संख्या सन् २०१३ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्याको तुलनामा शून्य दशमलब नौ प्रतिशतले मात्रै कमी रहेको थियो ।

त्यस्तै गरेर सन् २०१३ मा चाहिँ सात लाख ९७ हजार ६१६ जना विदेशी पर्यटकहरुले नेपालको भ्रमण गरेका थिए । यो तथ्यांक हेर्दाखेरि सन् २०१३ र सन् २०१४ मा (दुई वर्ष नै) लगभग हाराहारी संख्यामा विदेशी पर्यटकहरुले नेपाल भ्रमण गरेका थिए । तर सन् २०१२ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकहरुको संख्यासँग तुलना गरेर हेर्दाखेरि शून्य दशमलब सात प्रतिशतले कमी नै रहेको थियो । तथ्यांकअनुसार सन् २०१२ मा आठ लाख तीन हजार ९२ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो भनेको सन् २०११ को तुलनामा नौ दशमलब एक प्रतिशतले बढी रहेको थियो ।

त्यस्तै गरेर सन् २०११ मा सात लाख ३६ हजार २१५ जना विदेशी पर्यटकहरुले नेपाल भ्रमण गरेका थिए । यो संख्या भनेको सन् २०१० को तुलनामा २२ दशमलब एक प्रतिशतले बढी रहेको थियो । सन् २०१० मा चाहिँ ५ लाख दुई हजार ८६७ जना विदेशी पर्यटकहरुले नेपाल भ्रमण गरेका थिए भने सन् २००९ मा पाँच लाख नौ हजार ९५६ जना विदेशी पर्यटकहरुले नेपाल भ्रमण गरेका थिए । तथ्यांकअनुसार यो भनेको सन् २००८ को तुलनामा एक दशमलब नौ प्रतिशतले बढी संख्या रहेको थियो । त्यस्तै गरेर सन् २००८ मा चाहिँ पाँच लाख २७७ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

यो तथ्यांक भनेको सन् २००७ को तुलनामा माईनस पाँच पतिशत रहेको थियो । जे होस्, यसरी नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको तथ्यांक हेर्दाखेरि सन् २००८ देखि सन् २०२३ को १६ वर्ष लामो अवधिमा बल्ल एक करोड संख्या नाघेको देखिन्छ । अर्थात् १६ वर्ष लामो अवधिमा बल्ल नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या एक करोड तीन लाख ८३ हजार पुगेको देखिन्छ ।

जबकि हाम्रो देशका निजी क्षेत्रका पर्यटन व्यवसायीहरु र सरकारले नै विगत १२–१३ वर्षदेखि वार्षिक रुपमा कम्तिमा १०, १२ लाख, १५ लाख, २० लाख विदेशी पर्यटक ल्याउने भनी घोषणा गर्दै आएको देखिन्छ, लक्ष्य लिएको देखिन्छ । अझ राजनीतिक दल र तिनका नेताहरुले त पत्याउनै नसकिने गरी वार्षिक २५ लाख, ३० लाख, ३५ लाख, ४० विदेशी पर्यकटहरु नेपाल भित्र्याउने भनी सार्वजनिक रुपमा भाषण गर्ने गर्छन्, चुनावी घोषणापत्रमा लेख्ने गर्छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्