हाेसियार ! इलाममा कसैले पनि पहिचानविराेधी जिताउने भूमिका नखेलून्

१. गणतन्त्रमा व्यक्तिको अधिकार अवश्य छ । तर, प्रदेश १ पुन:नामांकन संघर्ष समितिको साझा उमेदवारको खिलापमा उमेदवारी दिने जो कोहीले जान अन्जानमा नम्बर १ पहिचानविरोधी-ओलीवादीलाई जिताउने भूमिका खेल्न पुग्नेछन् । होसियार!

किनभने, पूर्वमा उठेको राजकीय पहिचान प्राप्तिको आन्दोलन वस्तुतः समुदायको आन्दोलन हो । त्यसर्थ, समुदायको मांगेना उच्च बनाउन इमान्दार व्यक्तिले आफ्ना व्यक्तिगत इच्छा र चाहनालाई बलिदान गर्न सक्नुपर्छ । हामीलाई यस्तो युवा चाहिएको छ न कि उग्रतम् व्यक्तिवादी ।

२. संघर्ष समितिका नेताहरु “अँध्यारो दिन फागुन १७” को विरोध कार्यक्रममा केन्द्रित हुनु परेको छ । बुझिए अनुसार लगत्तै इलाम २ उपनिर्वाचनका लागि संघर्ष समितिले साझा उमेदवारवारे निर्णय सार्वजानिक गर्नेछ ।

नेतृत्वको सम्बद्ध टोली समक्ष सुझाव गरिसकेका छौं, पहिचानवादी साझा उमेदवार स्थानीयमध्येको भरोसालाग्दो हुनुपर्छ र सहज जनपरिचालन व्यवस्था मिलाउनु पर्छ । त्यसपछि के के काइदा (Tactics) अपनाउनुपर्ने हो, हामीले जानेका छौं ।

हेक्का रहोस्, बर्ष दिनको पहिचान आन्दोलन र राजनीतिमा समर्पित जीवनको सम्पूर्ण अनुभवका आधारमा सबभन्दा बढ्ता हामीले जानेका छौं । पहिचानवादी साझा उमेदवारको जीत निश्चित छ ।

अन्त्यमा, संघर्ष समितिको एक सदस्यको हैसियतबाट आन्दोलनरत साथीहरु र शुभेच्छुक मित्रहरुमा धैर्य गरिदिन र आफूले जानेको र सकेको आन्तरिक तयारीमा केन्द्रित हुन यसैसाथ विशेष आग्रह पनि गर्दछौं ।

-किरातीकाे फेसबुकबाट

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्