जीडीपीमा पर्यटन क्षेत्रकाे योगदान

एक तथ्यांकअनुसार विश्वको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान सन् २०२२ मा ७ दशमलव ७ ट्रिलियन रहेको थियो । २०२२ मा विश्वका विभिन्न देशका ९६० मिलियन मानिस पर्यटक भएर घुम्न निक्लेका थिए ।

२०२३ मा १ दशमलव ३ अर्ब मानिसले विश्वका विभिन्न देश घुमेका थिए भने उनीहरुले गरेको खर्च ९ दशमलव ५ खर्ब अमेरिकी डलर थियो । यो भनेको विश्व पर्यटन क्षेत्रबाट विश्वको कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा ९ दशमलव ५ प्रतिशत योगदान हो ।

२०१९ मा विश्वको कुल ग्राहस्थ उत्पादनमा विश्व पर्यटन क्षेत्रबाट १० प्रतिशत योगदान रहेको थियो । यो तथ्यांक केही समयअघि संयुक्त राष्ट्र संघ मातहत रहेको विश्व पर्यटन संगठन (डब्लुटिओ)ले प्रकाशित गरेको हो ।

पर्यटनसम्बन्धी अध्ययन गर्ने अर्को संस्था स्टाटिस्टाले गरेको अध्ययनअनुसार २०१९ मा विश्व भ्रमण गर्न निक्लिएका पर्यटकको संख्यालाई भेट्टाउन लगभग ११ प्रतिशत मात्र बाँकी छ । जुन लक्ष्य यसवर्ष (सन् २०२४ मा) पुग्ने अनुमान गरिएको छ ।

यता हाम्रो देश नेपालमा चाहिँ समग्रमा २०२३ अर्थात आर्थिक वर्ष २०८०/०८१ मा पर्यटन क्षेत्रबाट सरकारलाई नेपाली रुपैयाँ सटही गर्दा कति विदेशी मुद्रा बराबरको आम्दानी भयो ? पर्यटन क्षेत्रमा लागेका व्यवसायीहरुले आर्थिक रुपमा कति फाइदा गरे ? भन्ने सम्बन्धमा सम्बन्धित निकायले अध्ययन गरी तथ्यांक निकाल्न बाँकी छ ।

२०२२ देखि नेपाली पर्यटनले पनि विस्तारै लय समातेको छ । त्यसैले २०२२ मा विदेशी पर्यटकको संख्या बढेर ६ लाख १४ हजार ८६९ जना पुग्यो । २०२३ मा अझ बढेर १० लाख १४ ८७८ जना पुग्यो ।

तर २०२३ मा नेपालीहरुले आशा गरे भन्दा धेरै राम्रो संख्यामा अर्थात् १० लाख १४ हजार ८७६ जना विदेशी पर्यटकहरुले नेपाल भ्रमण गरेका थिए । जुन हाम्रो लागि धेरै नै प्रेरणादायी कुरा हो ।

नेपालको समग्र अर्थतन्त्रमा पर्यटन क्षेत्रबाट हुने कुल योगदान वा आम्दानीमा एकरुपता छैन । किनभने, नेपालको अर्थतन्त्रमा पर्यटनको कुल योगदान कहिले धेरै नै कम कहिले ठिकै रहेको देखिन्छ ।

पर्यटन विभागका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा नेपालले पर्यटन क्षेत्रबाट ६७ अर्ब ९ करोड ६० लाख बराबर विदेशी मुद्रा आम्दानी गरेको थियो भने आर्थिक वर्ष २०७५/०७६ मा ७५ अर्ब ८ करोड ५६ लाख बराबर आम्दानी गरेको थियो ।

आर्थिक वर्ष २०७६/०७७ मा ४८ अर्ब ७ करोड ५७ लाख बराबर विदेशी मुद्रा आम्दानी गरेको थियो भने आर्थिक वर्ष २०७७/०७८ मा चाहिँ केवल ३ अर्ब ८८ करोड बराबर मात्रै आम्दानी गरेको थियो । यस्तो अवस्था आउनुको मुख्य कारण २०१९ मा चीनबाट फैलिएकाे कोरोना महामारीले २०१९, २०२० र २०२१ सम्म पारेको असर नै हो ।

कोरोना महामारीका बेला नेपालमा मात्र नभएर विश्वभरि नै पर्यटन क्षेत्रमा नकारात्मक असर परेको थियो ।

तथापि, आर्थिक वर्ष २०७८/०७९ मा चाहिँ नेपालमा पर्यटन क्षेत्रबाट भएको आम्दानी झन्डै दोब्बरले बढेर ११ अर्ब ३५ करोड पुगेको थियो । जे भए पनि विश्व पर्यटनका सन्दर्भमा २०१८/१९ को भन्दा बढी पर्यटक संख्यामा पुग्न चाहिँ २०२५/२६ सम्म लाग्ने अनुमान गरिएको छ ।

कोरोना महामारीपछिको अहिले विश्वका प्रायः सबै देशमा साथै नेपालमा पनि पर्यटन क्षेत्रले गति लिएको छ ।

नेपालमा २०२० मा केवल २ लाख ३० हजार ८५ जना विदेशी पर्यटकले भ्रमण गरेका थिए भने २०२१ मा १ लाख ५० हजार ९६२ जना विदेशी पर्यटकहरुले मात्र नेपाल भ्रमण गरेका थिए । जुन पर्यटकको संख्या २०२० को तुलनामा ४६ प्रतिशतले कम हो ।

तर २०२२ देखि नेपाली पर्यटनले पनि विस्तारै लय समातेको छ । त्यसैले २०२२ मा विदेशी पर्यटकको संख्या बढेर ६ लाख १४ हजार ८६९ जना पुग्यो । २०२३ मा अझ बढेर १० लाख १४ ८७८ जना पुग्यो ।

कोरोना महामारीपछि नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या बढे पनि उनीहरुले नेपालमा बस्दा गर्ने दैनिक खर्चको बढोत्तरी भने खास हुन सकेको छैन । यो विषय हामी सबैका लागि सोचनीय छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्