Sunday, December 4, 2022
9.7 C
Diktel

संविधानले नै नेपाललाई बहुराष्ट्रिय राज्य मानेकाे छ

Subtitle

नेपाल देश र राज्यकाे रुपमा एक देश र एक राज्य हाे । यसमा कुनै विमति छैन । त्यसैले नेपाललाई राज्यकाे रुपमा एक राज्य-राष्ट्र भनिन्छ । अहिले याे संघीय गणतान्त्रिक राज्य हाे । संघीय राज्यमा संघ र प्रदेशमा राज्यकाे राजकीय सत्ता र सार्वभाैमिकता बाँडफाँट हुन्छ । नेपालकाे संविधानकाे धारा २ र धारा ५६(२) ले बताएकै छ । नेपालकाे संविधानकाे धारा ३ राष्ट्र: मा उल्लेख भएकाे “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भाैगाेलिक विविधतामा रहेका… सबै नेपाली जनता समष्टिमा राष्ट्र हाे” भन्ने परिभाषाकाे सारांश अनुसार नेपाल एक राज्य-राष्ट्र भनिएकाे भनी बुझ्नु र व्याख्या गर्नु उपयुक्त हाेला । त्यसैले यस धारामा “राष्ट्र” लेखिए पनि याे राज्य-राष्ट्र भनिएकाे हाे । यसै धारामा उल्लेख “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, …. ” भनी गरिएकाे नेपालकाे ब्याख्याले नै नेपालकाे बहुराष्ट्रिय चरित्रलाई बताएकाे छ ।

हामीबीच नेपालकाे बहुजातीय, बहुभाषिक, … बहुसांस्कृतिक चरित्रकाे सन्दर्भमा यसकाे दुई पक्ष रहेकाे यथार्थतालाई समग्रमा बुझ्ने समस्या वा बुझपचाइरहेकाे अवस्था छ । त्याे के हाे भने पहिलाे यथार्थ, नेपाली समाजकाे प्राय: गाउँबस्ती, बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक रहेकाे एउटा पक्ष हाे । जसलाई लिएर कुनै द्विविधा छैन र विवाद पनि छैन । तर यसकाे अर्काे यथार्थता नेपालमा खासखास जातिहरु इतिहास लेखिनुभन्दा अघिदेखि आजसम्म खासखास भूगाेलमा बसाेबास गर्दै आइरहेका छन् । र तिनीहरुले त्यहि थलाेमा आफ्नाे भाषा, सभ्यता, संस्कृति, आर्थिक प्रणाली र राज्य प्रणालीकाे निर्माण गरि आएका थिए । अनि यस्ताे अवस्था नेपालका धेरै जातिहरुकाे छ जाे राज्यकाे दमनात्मक तथा बहिष्करात्मक नीतिकाे कारण आज उत्पिडनमा छन् । याे बहुजातियताकाे अर्काे पक्ष हाे, दाेस्राे यथार्थता हाे । यस यथार्थतालाई नेपाली कतिपय बाैद्धिक समूह, नेतासमूह र राज्यले पनि स्वीकार नगर्नु नै बहुजातियताकाे नेपाली चरित्रलाई समग्रतामा नबुझ्नुकाे समस्या हाे ।

नेपाली समाजकाे बहुजातियताकाे चरित्रलाई समग्रतामा स्वीकार्न आनाकानी गर्नु वा बुझ पचाउनु वा बुझ्न अस्वीकार गर्नुले आज नेपाली राजनीतिमा अन्तरविराेध छ । नेपालकाे संविधानकाे धारा ३ र धारा २७४ (७)हरु नेपाली राष्ट्रियताकाे सही परिभाषा दिन र यसैबाट निर्देशित हुँदै सही किसिमकाे संघीय राज्य निर्माण गर्न अनि निर्माण हुनबाट भविष्यमा समेत कठिन बनाउन प्रस्तुत गरिएका छन् । याे राज्यकाे विगतदेखिकाे जातीय दमनात्मक चरित्र र प्रभुत्वलाई संघीय गणतन्त्रमा पनि निरन्तरता दिन रचिएका रचनाहरु हुन्, जसले नेपालकाे राष्ट्रिय एकतालाई कमजाेर बनाउँदै राजनीतिक अस्थिरता दिइहेकाे छ । त्यसैले नेपालकाे बहुराष्ट्रिय चरित्रलाई संवैधानिक रुपमा स्थापित गर्न र त्यही अनुसारकाे संघीय चरित्र संरचना गर्नु आजकाे राजनितिक आवश्यकता हाे । तथ्यकाे आधारमा सत्य पत्ता लगाउने हाम्राे पुर्खाकाे साेंच र व्यवहार नै नेपालीकाे कालान्तारदेखिकाे सम्यक साेंच र व्यवहार हाे । यसलाई हामी पक्राैं ।

(यो लेख हेमराज राईको फेसबुकबाट लिइएको हो । उनी पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका नेता हुन्)

2 COMMENTS

  1. Thanks for sharing a worthy statement. Could you properly proofread and edit the content, please?

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्