मार्क्सकाे अतिरिक्त मूल्य : भ्रम र यथार्थ

मार्क्स अनुसार, अतिरिक्त मूल्य भनेकाे बजारमा लगेर बेचिएकाे वस्तुकाे मूल्य र त्याे वस्तु उत्पादन गर्दा लागेकाे खर्चबीचकाे अन्तर हाे ।

वस्तु उत्पादन गर्दा कच्चा पदार्थमा लागेकाे खर्च, प्राेसेसिङमा लागेकाे खर्च र श्रमिकलाई ज्याला दिएपछि जति बच्छ त्याे नै अतिरिक्त मूल्य हाे ।

जस्ताे: श्रमिकलाई दिइएकाे ज्यालासहित एउटा वस्तु निर्माण गरिसक्दा जम्मा रू ४००/- लाग्याे । त्याे उत्पादित वस्तुलाई उत्पादकले रू ५०० /- मा बेच्याे । वस्तु निर्माणमा उत्पादक ( मालिक) ले रू १००/- नाफा आर्जन गर्याे । हाे, त्यही नाफा रू १००/- चाहिँ अतिरिक्त मूल्य हाे । याे अतिरिक्त मूल्य (मार्क्स अनुसार) श्रमिकहरूलाई शाेसन गरेर आर्जन गरेकाे मूल्य हाे । यसलाई मालिकले श्रमिकहरूबाट छिनेर लिएकाे रकम हाे र यसलाई श्रमिकहरूलाई नै फिर्ता गरिदिनुपर्छ ।

समीक्षा

मार्क्सकाे याे धारणा एकाङ्की र पुर्वाग्रही हाे । नाफा नभइ काेही कसैले केही पनि आर्थिक गतिविधि नै गर्दैन । मार्क्सले श्रमिककाे आँखाबाट मात्र हेर्याे, तर उत्पादककाे तर्फबाट हेर्न सकेन । उत्पादकलाई सधैं वर्गशत्रु र शाेसक मात्र देख्याे ।

उत्पादक (मालिक) काे पाटाेमा पनि कम भूमिका हुन्न । उत्पादन प्रकृयाकाे व्यवस्थापन गर्ने र जाेखिम माेल्ने कार्यभार उत्पादकसँग हुन्छ । काम गर्नेलाई भन्दा उत्पादकलाई बढी तनाव हुन्छ । त्यसकारण अतिरिक्त मूल्य भनेकाे जाेखिम उठाएर कहरका साथ निर्माण प्रकृयालाई सफल बनाए बापत मालिकले प्राप्त गर्ने दाम नै अतिरिक्त मूल्य हाे भन्ने कुरा मार्क्सले बुझ्न सकेन ।

श्रमिकहरूमाथि सधैं शाेषण हुन्न । नियम कानून अनुसार उनीहरूले ज्याला पाएका हुन्छन् । त्याे तलबबाट श्रमिकहरूले आफ्नाे जिवनस्तर उकासेकाे हामी देखिरहेका हुन्छाैं । तिनै श्रमिकहरू नवधनाढ्य भएकाे देखेकै छाैं । बरू मालिकहरू टाट पल्टिएर सडकमा आएकाे पनि देखेका छाैं ।

अतिरिक्त मूल्य मालिकले मात्र खाने हाेइन । त्यही मालिककाे अतिरिक्त मूल्यबाट राज्यले प्रगतिशिल कर लिन्छन् । त्यही अतिरिक्त मूल्य चन्दा-अनुदानकाे रूपमा खपत हुन्छ । नेपालका कम्युनिष्टकाे एनजिओ/आईएनजिओमा जम्मा हुने रकम पनि त्यही अतिरिक्त मूल्य हाे ।

अतिरिक्त मूल्यलाई पनि नियमन गर्ने अर्काे संयन्त्र हुन्छ भन्ने कुरालाई मार्क्सले देख्न सकेन । मार्क्सकाे विचारमा विज्ञान भन्दा पनि राजनीतिक पूर्वाग्रह भरिकाे हुन्छ । उनले आफ्नाे राजनीतिक दल “कम्युनिष्ट लिग” र ” फर्स्ट इन्टरनेशनल”लाई स्थापित गर्न प्राेपाेगाण्डाकाे लागि पनि यसाे गरेका थिए ।

मार्क्सकै समकालीन विद्वानहरूले नै मार्क्सवादी अर्थशास्त्र र क्रान्ति भ्रम हाे भनिसेका थिए । अहिले त झन् व्यावहारमै असफल हाे भन्ने कुरा सिद्ध भइसक्याे ।

(चाम्लिङकाे याे विचार उनकाे फेसबुकबाट लिइएकाे हाे । उनी राष्ट्रिय जनमुक्ति पार्टीका उपाध्यक्ष हुन् ।)

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्