राम मादेन
१. संघीयताबारे ठूला दलमध्ये कांग्रेस र एमालेकाे अहिलेसम्मकै इतिहासमा विधान र दस्तावेजमा शुन्य प्रतिबद्धता रहेकाे छ । फलस्वरुपः एमाले र कांग्रेसकाे आम अवधारणा पार्टीकाे दृष्टिकाेणबाट संघीयताकाे विपक्षमा बाेल्नु, लेख्नु नै धर्म हाे ।
२. नेपालकाे अन्तरिम संविधान २०६३ जारी हुँदा संघीयता उल्लेख नगरि जारी भएपश्चात् तत्कालीन मधेसी जनअधिकार फाेरमले मधेसमा ठूलाे विद्राेह गरेपछि संविधानकाे दाेस्राे संशाेधनपछि संघीयता राखियाे । यसअर्थमा मधेस आन्दाेलन नै संघीयताकाे निर्णायक जननी हाे ।
३. नेकपा माओवादी र जनता समाजवादी पार्टी संघीयताबारे पार्टीकाे दस्तावेजमा उल्लेख गरेर निरन्तर स्पष्ट छन् । राष्ट्रिय जनमुक्ति पार्टीले २०४८ सालदेखि संघीयताकाे मुद्दा उठाएकाे देखिन्छ ।
४. राष्ट्रिय जनमुक्ति पार्टीले २०४८ सालदेखि नै संघीयतालाई पार्टीकाे विधानमा उल्लेख गर्दै आएकाे छ । त्यस्तै संघीय लाेकतान्त्रिक राष्ट्रिय मञ्च, थरुहट तराई पार्टी, संघीय लिम्बुवान पार्टी नेपाल, खम्बुवान राष्ट्रिय माेर्चा लगायतका पार्टीहरूले संघीयताकाे मुद्दालाई प्रमुख प्राथिकताकासाथ पार्टीकाे विधानमा उल्लेख गरेका छन् ।
५. संघीयतामा देश लैजानु नहुने भन्दै विराेध गर्ने दलहरूमा लाेकतन्त्रका लागि लडेकाे पार्टीमध्येबाट राष्ट्रिय जनमाेर्चा हाे ।
६. २५० वर्षदेखि जरा गाडेर सत्ता स्वाद चाखेकाे समूह राजावादी र हिन्दुवादी पार्टी राप्रपाले संघीयताकाे खुलेर विराेध गरेका छन् ।
७. युवा र सच्चा देशलाई माया गर्ने पार्टी भनेर खाेलिएकाे साझा विवेकशील पार्टीले पनि संघीयताकाे बारेमा दस्तावेज छन्, विवेकशीलका एक नेता रविन्द्र मिश्र राजावादी भइसकेका छन् ।
८. भर्खरै खाेलिएकाे राष्ट्रिय स्वतन्त्र पार्टीकाे संघीयताबारे विचार स्पष्ट छैन ।
निष्कर्ष
उपराेक्त तथ्यांकबाट के स्पष्ट हुन्छ भने परम्परागत मान्यता, विचार अवधारणा बाेक्ने पार्टी वा परिवर्तन नचाहने वा काठमाडाैंमै शक्ति केन्द्रित भइरहेमा आफू आफ्नाे पार्टी सुरक्षित हुन्छ भन्ने पार्टीहरू संघीयताकाे विराेध गरिरहेका छन् । सत्ताले लामाे समयदेखि उत्पीडनमा पारेका, परेकाे जनता र ठाउँजस्तै मधेस, लिम्बुवान, खम्बुवान, थरुहटहरूले संघीयता जाेडदार रुपमा चाहेकाे देखिन्छ ।
जनताहरूकाे तहबाट हेर्दा संघीयता नचाहनेहरू हिजाेदेखि कुनै न कुनै रूपमा सत्तासँग नजिक रहेकाहरूकाे जमात देखिन्छ । सत्ताबाट बाहिर रहेकाहरू संघीयता चाहिरहेका छन् । वर्तमान अवस्थामा संघीयताकाे विरुद्ध उभिने पार्टीहरू संसद र सडकमा दर्विलाे देखिएका छन् । त्यसैले संघीयता धरमराउँदै गरेकाे जस्ताे देखिएकाे छ । तर, उनीहरूकाे विचार परिवर्तनकाे विपक्षमा छ । प्रतिगमनकारी शक्तिकाे अन्ततः हार भएकाे इतिहास छ । (मादेनकाे फेसबुकबाट ।)