खुलापत्र गठबन्धन नेतृत्व महोदय,
विषयः नागरिकता विधेयक सम्बन्धमा ।
उपरोक्त नागरिकता विधेयक सम्बन्धमा प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दोस्रोपटक पास गरिएको तर सम्माननीय राष्ट्रपति बिद्यादेवी भण्डारीज्यूले प्रमाणीकरण नगर्नु सम्बिधानको उलंघन अपहेलना हो । यस जाटिल अवस्थामा राष्ट्र अनि राष्ट्रियताको सवालमा राजनीतिक मुद्दासँगै संसदीय संबैधानिक व्यवस्थामा संसद निर्णायक हुन् भन्ने प्रमाणित गर्ने अवसर पनि हो ।
गठबन्धनको यस्तो विज्ञप्तिकाे खेस्राले लाचारीपन मात्र झल्किन्छ । प्रतिनिधिसभा नरहेका बेला सबै काम राष्ट्रियसभाबाट गर्ने स्पष्ट संविधानमा उल्लेखित रहेकाले र हाल राष्ट्रियसभामा संयोग गठबन्धन सत्ता विधेयक पक्षमा हाल कायम रहेका रष्ट्रियसभा, संघीय संसद दुईतिहाई पनि रहेकाले राष्ट्रपतिबिरुद्ध महाअभियोगसहित राष्ट्रियसभाबाट दुई तिहाईले पास गरेर राष्ट्रपतिलाई बर्खास्त गर्नुपर्छ ।
यस्तै जटिल परिस्थितिमा असल नियतले कार्यसम्पादन गर्न संघीय संसदको कार्यकाल सदनमा संसद शुन्यता नरहोस् अनि दुई तिहाई स्थिर रहोस् भनेर नै राष्ट्रियसभाको व्यवस्थापनसहित गठन गर्ने विधि तीन भागमा बिभाजन गरेर एक तिहाईको २ वर्षे, एक तिहाईको चारवर्षे र एक तिहाईको ६ बर्षे अनि पछि निर्वाचित सबैको ६ बर्षे गरिएको हो । संवैधानिक व्यवस्थापनलाई मजबुत बनाउन सोही अनुसार निकास दिने गन्तव्यमा अगाडि बढ्नुहुन अनुरोध गर्दछु ।
धनबहादुर तामाङ
काभ्रेपलाञ्चाेक ।