दुर्गा प्रसाईंले हिन्दु अतिवादीहरुलाई उचाल्न सबै अस्त्र प्रयोग गरिरहेका छन्

ख्याल ख्यालमै दुर्गा प्रसाईं खतरा बन्दैछन् । केही दिनयता प्रसाईंले तराईका हिन्दु अतिवादीहरुलाई उचाल्न सबै अस्त्र प्रयोग गरिरहेका छन् । त्यसमा पारीकाहरुको पनि स्वार्थ मिसिएको छ ।

शान्न्त तलाउमा धर्मरुपी ढुंगा हान्न तम्सिएका छन् । प्रसाईंलाई एउटा फ्रस्टेटेड र अवसरवादी व्यापारीको रुपमा मात्र हेर्नु अब भुल हुन सक्छ ।

यिनी आफ्नो स्वार्थका लागि ऋणीले ऋण तिर्न नपर्ने, राजावादीले राजा पाउने, धर्मवादीले धर्म पाउनेलगायत सबै खालको हतकन्डा प्रयोग गरेर मान्छे काठमाडौं ल्याउँदै छन् ।

त्यसमा त्रिशुल बोकेका जोगी (योगी होइन) देखि पारीका अपराधिक समुहका व्यक्तिहरु ल्याइएको भन्ने छ ।

केही हजारदेखि लाखसम्मको ऋण मिनाहको लोभमा काठमाडौं उतारिएका सर्वसाधारणको बीचमा पारीबाट ल्याइएका तिनीहरु घुसाएर उपद्रो मच्चाउने कोसिस हुँदैछ ।

त्यसैले दुर्गा प्रसाई ख्याल ख्यालबाट खतरनाक हुँदैछ ।

नेताहरुसँग हिसाब किताब गरौंला (चुनावमा हराएर वा बिरोध गरेर) । तर अहिले यिनको रिसले प्रसाईलाई बोक्नु बनेको सर्पलाई दुध पिलाउनु जस्तै हुनेछ ।

-खिम घलेकाे फेसबुकबाट । उनी पत्रकार हुन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्