हाम्रा विद्वानहरुले बुद्ध धर्मलाई हिन्दूको शाखा भन्छन् । गौतम बुद्धलाई विष्णुको नबौं अवतार मान्छन् ।
उता भारतमै ब्रह्मा, विष्णु, महेश्वरलाई गौतम बुद्ध भन्दा अघिका हुन् भन्ने प्रमाण दिन सक्ने मान्छेलाई १० लाख नगद पुरस्कारको घोषणा गरिएको छ ।
यता हाम्रो नेपालमा मानिसको आङमा देवता उत्रन्छन् भनेर विश्वास गरिन्छ ।
उता भारतमा आफ्नो आङमा देवता चढेको हो भनेर प्रमाण दिन सक्ने मान्छेलाई ३० लाख भारु नगद पुरस्कार दिने घोषणा गरिएको छ ।
आजसम्म न एउटा कुनै वैदिक विद्वानले बुद्ध भन्दा अघि ब्रह्मा, विष्णु महेश्वरको अस्तित्व थियो भन्ने प्रमाण दिन सकेको छ न कुनै धामी, झाँक्री वा विजुवाले आफ्नो आङमा देवता चढेको हो भन्ने सिद्ध गर्न सकेको छ ।
फाट्ट्फुट्ट कोसिस गरिँदै छ ।
कुनै दिन कुनै मान्छे प्रमाण दिन सफल भैहाल्छ पो कि ? प्रतीक्षा जारी छ । सबैको लागि ढोका खुला गरिएको छ । विश्वास र हिम्मत हुनेहरु अघि सर्दा हुन्छ ।
(बानियाकाे फेसबुकबाट)