संविधान संशोधन अपरिहार्य छ

आज संविधान दिवस । पहिलो सार्वभौम संविधान सभाको हत्यापछि लेनदेनमा बनेको यो संविधान अपूर्ण छ ।

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक प्रतिनिधित्व जस्ता लोकतन्त्रको सुन्दर पक्षहरु समेटिए पनि केही दल र परंपरागत चिन्तन भएका शक्तिको कारण संघीयतालाई साँघुरो, शासकीय स्वरुपलाई पंगु र निर्वाचन पद्धतिलाई बोझिलो बनाइयो ।

त्यसैले वर्तमान संविधानको संशोधन अपरिहार्य छ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक संसद, पहिचानमा आधारित प्रदेशहरुको निर्माण, विज्ञहरुको मन्त्रीमण्डल, सामुदायिक अर्थतन्त्रको विकास जस्ता उन्नत पद्धतिको अपरिहार्यता छ वर्तमान संविधानमा ।

त्यसैले संविधान दिवसमा उत्सव मनाउने होइन, संविधानलाई परिस्कृत गर्न घनिभूत छलफल गर्ने हो । संविधानका सकारात्मक र सुधार गर्नुपर्ने पाटोहरुमा छलफल होस्, शुभकामना ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्