एमाले-कांग्रेसका राई लिम्बु कार्यकर्ताका लागि

एमाले-कांग्रेसका राई लिम्बु कार्यकर्ताका लागि

प्रच्ण्ड, देउवा प्रधानमन्त्री-शेरधन राई, भिम आचार्य, उद्धव थापा मुख्यमन्त्री हुँदा किरातीहरुको महान चाड साकेला/चासोक उधौली र उभौलीमा शुभकामा आउँथ्यो ।

केपी ओली र हिक्मत कार्की प्रधानमन्त्री, मुख्यमन्त्री हुँदा

हिन्दु

बौद्ध

इसाई

मुस्लिम लगायतको चाड हुँदा बिहानै शुभकामना पत्र लेखेर प्रचार हुन्छ र हुनुपर्छ । पत्रहरु १ नम्बर प्रदेशमा सबैभन्दा, बढी राई र लिम्बू कार्यकर्ताले प्रचार गर्छन् ।

अघिल्लो पटक केदार कार्की मुख्यमन्त्री हुँदा कोशी नाम बिनाको शुभकामना पत्र आउँदा किरातीहरुले त्यो पत्र व्यापक प्रचार गरेका थिए । किन कोशी नाम आएन भनेर केहीमा छलफल पनि भएको थियो ।

अघिल्लो पटक हिक्मत कार्की मुख्यमन्त्री हुँदा शुभकामना नदिएकोबारे किराँती तप्कामा खुल्दुली भएको थियो ।

३० मंसिरमा किरातीहरुको महान चाड उधौली साकेला/चासोक थियो । प्रदेशका मुख्यमन्त्रीले कोशी नामसहितको पत्रमा शुभकामना दिएछन् ।

यो पत्रको खास प्रचार भएको पाइएन । किनकि कोशी नाम भएको पत्रमा शुभकामना आउनुभन्दा नआएकै बेस मान्छन् किरातीहरु ।

प्रधानमन्त्री केपी ओलीबाट भने किराँती समुदायप्रती सद्भाव देखिएन । हेर्न पाइएन । कोशी शब्द बिनाको शुभकामना प्रचण्ड हुँदा आएको थियो ।

आफ्नो चाड र समुदायप्रती अध्यक्ष/प्रधानमन्त्री ओली र मुख्यमन्त्री हिक्मत कार्कीको बुझाइ के हो ? यति पनि हेक्का नराख्ने कसका लागि र किन राजनीति गर्ने हो ?

सँधै जुठोपुरो र भनेको मान्नको लागि मात्र जो राजनीति ? एक पेट त पशु, किटपतङले पनि खाएर बाँचेकै छन् ।

देखाउनको लागि शुभकामना र सद्भाव राई, लिम्बु, धिमाल, राजवंशीलाई चाहिन्न । तर, नेताको अगाडि पुच्छर लुकाएर लुरुक्क पर्दा सन्तानले के सिक्छ र पाउँछ ?

ढोल/च्याब्रुङको छाला बोकेर हिँड्दा युवाहरु जेल जानु परिरहेको छ । आफ्नै समुदाय, संस्कृति, संस्काए, भाषा, लिपिको लागि बोल्न नसक्ने/नबोल्ने अनि बडा ठुलो मान्छे बन्न टिकटको आशमा निरर्थक र पाउ मोलेर दरसन्तानलाई यस्तै संस्कार नसिकाउ ।

जनता भनेकै राई, लिम्बु, दलित, मधेशी, मुल्सिम खस/आर्य हुन् । यी समुदायको नाम उच्चारण कहिल्यै गर्न नचाहने अधिकारको कुरा गर्दा नानाभाती आरोप लगाउने नेतालाई सँधै ढोगी रहने ?

प्रदेशबासीले कोशी नाम कुनै हालतमा मान्दैन भन्ने दुबैलाई थाहा छ । तर, एमाले-कांग्रेसभित्रका राईहरुलाई आधुनिक दास बनाएर प्रयोग गर्न सकिन्जेल, दिएको खाने, भनेको मान्ने अवस्थामा रहेसम्म यहाँ ढोलको छाला सहज रुपमा पाइन्न ।

त्यसैले बिस्तारै बुझ्दै गएका छन् । राजनीति गर्छौ भने स्वाभिमानको साथ गरौ ।

प्रधानमन्त्रीले अन्यलाई दिने शुभकामना दिने किरात चाडमा नदिने, कोशी नाम हटाउँदै मेट्दै हिँडेको देखेर पनि मुख्यमन्त्री हिक्मत कार्कीले कोशी लेखेरै मात्र शुभकामना लेख्नुपर्ने किन ?

यति त कार्यकर्ताले बुझ्ने अनि सोधी, खोजी हुनुपर्छ होला नि ?

(राईकाे फेसबुकबाट)

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

  1. विचरा ‘राई !’ ज्यूहरु, कहिलेसम्म कथित् ‘राई !’ जातिका नाममा कुर्ली रहने हुन ???…

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्