याे ब्रह्माण्ड प्राकृतिक र अप्राकृतिक प्रणाली अनुसार चलेको छ । त्यसैले कुनै पनि देश दूरदर्शिता, पारदर्शिता, वस्तुपरक, ऐतिहासिक र वैज्ञानिक हुनका लागि सर्वपक्षीय र बहुपक्षीय विषयहरुलाई सही सरिकाले उपर्युक्त समयमा विधिवत र संस्थागत तवरले सम्बोधन गर्नु अपरिहार्य हुन्छ ।
कुनै पनि देश भौगोलिक हिसाबले राष्ट्र वा देश हुनका लागि विविध पक्षहरुले बाँधिएको हुन्छ । त्यो देश हो, जोसँग मानव सभ्यताको इतिहास हुन्छ, विविध भाषा रहेको हुन्छ, विविध धर्महरु हुन्छन्, लिपि, इतिहास, जल, जमिन, जङ्गल, समाज, वंशावली र आर्थिक जीवन प्रणाली हुन्छ ।
पछिल्लो समयमा नेपालमा आमूल क्रान्तिकारी परिवर्तन आए पनि राज्य सत्ता जनतामाथि अदूरदर्शिता देखिन्छ । उच्च नश्लीय चिन्तन र मनन व्यवहारबाट अलग्गिएको देखिदैन । जुन आन्दोलनको म्यान्डेट अनुसार राज्य सञ्चालन भएन । ऐतिहासिक तथ्यनुसार १ नं प्रदेशकाे नामकरण गर्न चाहेन र स्थानीय तहको नामकरण पनि इतिहास र मौलिकताको आधारमा गर्न चाहेकाे देखिदैन ।
इतिहासको अवहेलना
इतिहासबिनाकाे मानव समाज हुँदैन । इतिहासको संरक्षण गर्ने काम राज्यकाे दायित्व हो । त्यसैले इतिहासलाई आत्मसात गर्ने हो भने अहिले उठिरहेको १ नं प्रदेशको नामकरण “किरात प्रदेश” राख्न राज्यले निर्णय गर्नुपर्दछ । यो कुनै तथ्य र बिनाप्रमाण जनताले माग गरेकाे होइन । पुर्खाले आर्जेको विरासतलाई बिलय गर्नु भएन । बरु यो त नेपालकाे ठुलो सम्पत्ति हो । इतिहासलाई अवहेलना गरियो भने राष्ट्रले कहिल्यै उन्मुक्ति पाउने छैन ।
सभ्यताकाे विधिवत पुनःस्थापना
विश्व मानचित्रमा विशाल विशाल मानव सभ्यताकाे विकास भएको इतिहासले देखाउँदछ । त्यसमध्ये किरात सभ्यता पनि एसियाकाे एक विशाल मानव सभ्यता भएको भूगोल हो ।
राज्य सत्ताले र भौगोलिक ध्रुवीकरणले निषेध गर्दै आज आएर नेपालको पूर्वी भूभागमा सीमित हुनु परेको बाध्यात्मक परिस्थिति छ । यो दयनीय र लोपोन्मूख परिस्थिति हुँदा-हुँदै पनि फेरि पनि राज्य सत्ता इतिहास र किरात सभ्यतालाई बेवास्ता गरी किरात प्रदेश नामकरण गर्न तत्पर देखिदैन ।
संसारको मानिसले किरात सभ्यता भनेर चिन्छ । तर नेपालको राज्य सत्ताले बेवास्ता गरेको छ । त्यसैले नीतिगत र संस्थागत तवरले किरात प्रदेश नामकरण गर्नु अपरिहार्य देखिन्छ ।
राज्य सत्ता अदूरदर्शिताः
कुनै पनि राष्ट्रको विभिन्न अङ्ग र निकायहरु राज्यको कानुन र प्रणालीमा आधारित हुन्छन् । त्यो राज्य सत्ता जनताउन्मूख र जनता अधिकार सुसम्पनता भएको हुनुपर्दछ । यदि, यसाे नभएको खण्डमा त्यो राष्ट्रमा जहिले पनि अशान्ति, भ्रष्ट्राचार र भोकमरी मच्चिन्छ । पृथ्वीनारायण शाहको खलकले करिब तीन पुस्ता लगाएर नेपाललाई गोलवद्ध त गरे तर त्यो लामो समयसम्म टिकेन ।
आदिवासीहरुकाे इतिहास, भाषा, धर्म, लिपि, समाज, जल, जमिन र जङ्गललाई मासेर सत्ता हत्याउने काम त गरियो । तर पाप धुरीबाट करायो । अन्ततः जनताले कालान्तर जनआन्दोलन र जनक्रान्ति गरेर राज्य पुनःसंरचना गरेरै छोडे । यसै सन्दर्भमा फेरि पनि राज्य सत्ता दूरदर्शी भएर काम गरेन भने फेरि पनि महान जनक्रान्ति हुने निश्चित छ ।
किरात बहुआयमिक
किरातकाे अध्ययन गर्दा बृहत र विशाल कुराहरु भेटिन्छ्न् । किरात इतिहास हो । किरात भूगोल हो । किरात बिरासत हो । किरात सभ्यता हो । किरात बिकास हो । किरात महाजाति पनि हो । विभिन्न अध्ययन अनुसार किरात अन्तर्गत निम्न लिखित जातिहरु पर्दछन्ः राई, लिम्बू, याख्खा, सुनुवार (कोइँच), थामी, सुरेल, जिरेल, वायु, राजवंशी, मेचे, धिमाल, दनुवार, मगर, शेर्पा, थारु आदि करिब २५ जाति किरातभित्र पर्दछन् । प्रत्येक जातिसँग विविधता छ ।
भू-राजनीति
आजकाे दुनियाँमा राज्यले शासन गर्नका लागि आफू शक्तिशाली भएर अरुलाई दमन र निषेध गरेर शासन गरेको देखिन्छ । यदि आदिवासीहरु शिक्षित, सबल र सम्पन्न भए भने फेरि पनि एकल जातीय र उच्च नश्लीय भूराजनीति गर्नु असम्भव भएको हुनाले यो लोकतान्त्रिक घडीमा र गणतन्त्रकालमा पनि जनतालाई व्यवहारिक रुपले अधिकारसम्पन्न बनाइँदैन ।
अझै पनि पञ्चायतकालले जेजे सिकायो त्योत्यो नै अघोषित रुपमा लागू गरिएकाे छ । आदिवासीहरु जुनजुन राजनीतिक पार्टीहरुमा आबद्ध भएर काम गरे पनि जनताको म्यान्डेट अनुसार काम गर्न सकेनन्, समाजलाई रुपान्तरण गर्न सकेनन्, राजनीति शास्त्रको सिद्धान्तलाई पालना गर्न सकेनन् ।
उच्च नश्लीय चिन्तन
संविधानले भनिसकेको छ कि नेपाल बहुपहिचान, बहुजातीय, बहुधार्मिक र विविधताले भरिएको देश भनेर । तर देशले अझै पनि नश्लीय चिन्तन र व्यवहारबाट मुक्ति पाएकाे छैन । करिब ३५ सय वर्ष पहिले ऋग्वेदले जे भने पनि, हिन्दु वर्णाश्रम व्यवस्थाले जे भने पनि आज त २१औं शताब्दी हो नि ! आजकाे समयमा के को सानो जाति (विश्वकर्मा, दमाई, मुसार, डोम आदि), के को उच्च जाति (उपाध्यय ब्राह्मण) के को मध्य जाति ! हामी सबै मानव हाैं, हामी सबै नेपाली हाैं । एक अर्कामा भावनात्मक हिसाबले पारिवारिक र सामाजिक भएर बस्नु पर्छ । काम गर्ने अवसर मिल्याे भने सबैले काम गर्न सक्छ्न् । सानो र शुद्र जाति भनाउँदाहरुले संसार बदलीसकेकाे छ । जस्तै, अमेरिकामा पनि कालो नश्ल जातिको राष्ट्रपति भइसके ।भारतमा डा. अम्बेडकरले समाज नै रुपान्तरण गरे । महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइन पनि यहुदी हुन् तर उनी जति महान विद्वान अरु कोही पनि अहिलेसम्म बनेको छैन ।
फुटाउ र राज गर नीति
विशेषगरी पूर्वीय देशहरुले सिकाए भूगोल, जनता, शक्ति र स्राेतलाई फुटाउ र राज गर नीति । कुनै समयमा ब्रिटिश साम्राज्यले एकछ्त्रजस्तो गरि संसारलाई शासन गरेको इतिहास छ । त्यसैकाे धङधङी नेपालमा अहिलेसम्म पनि छ । नेपालीहरु मिलेर बसेको देख्न चाहँदैनन् पश्चिमी, पूर्वीय र छिमेकी देशहरुले ।
फेरि नेपालभित्र पनि राज्यसत्ताले एक जातिले अर्को जातिलाई फुटाएको उदाहरण पनि छन् । जति अरुलाई फुटायो त्यति शासन गर्न सजिलो भएको हुनाले मिल्नुको सट्टा छिन्नभिन्न मात्र गरिएको देखिन्छ । जबसम्म विभिन्न जाति र नेपाली जनता एकजुट हुँदैन तबसम्म नेपालले फड्को मार्दैन भनेर अनुमान गर्न सकिन्छ । विभिन्न जाति, भाषा, भूगोल, आस्था र समुदाय भनेको त राष्ट्रिय सम्पत्ति हो । यसकाे संरक्षण राष्ट्रले नयाँ नीति नियम बनाएर गर्ने हो । राष्ट्रले विकास र प्रबर्द्वब गर्ने जिम्मेवारी लिनुपर्छ । फुटाउ र राज गर नीति पुरानो भयो । अब वैज्ञानिक र जनतामूखी नीति निर्माण हुनुपर्याे ।
प्राचिन एसिया र दछीन एसिया को ईतिहास र ऐतिहासिक मानचित्र (मेप) को अधयन गरे। प्राचिन समयमा नेपाललाई “किरात प्रदेश” भनिएको छ। र यथार्थमा किरात एउटा जाती बोध गराउने होइन, किरात एउटा एसियाकै सबै भन्दा र प्रचिन नेपालको सभायता हो। तेसैले किरात सप्द लाई प्रयोग गर्दा अत्तिनु-बिरोध-तर्सिनु पर्दैन तर नेपालको भरस्ट ब्राहामनबाद कार्य-निती मा लिप्त ब्राहामनबादीहरु को सातो गएको कारण (१) भरस्ट र तुच्छ मनइसथतीमा डुबेको (२) बिभेद र एकल जातिय ब्राहामनबादी अहङकार मा लिपत (३) प्राचिन नेपालको र प्राचिन एसियाको ईतिहासको गयानमा धेरैनै कमी-कम्जोरी
नापियो जातित्वको पहिचान सभ्यता सबैको हुन्छ । आआफ्नो तबरले बिस्लेसन गर्नी हो ।1 नम्बर प्रदेसम बिस्वोको गौरब सगरमाथा , कोशि लगाएतको नाम हुदाहुदै जतित्व बाट नमकर गर्नु भनेको कतिको सुहाउदो कुरा हो बुजेर मात्र लेखौ साथि हरु
बाहुन वाद र हिन्दु ले लिप्त मगर हरुको सोच सारै गतिलो रहेछ। पहिला साह राजा हरुको चाकदी गर्यो आहिले बाहुन हरुको धोती पछाडि हिंड्दै छौ।
नेपालको ईतिहास बिर्सियो कि के हो? कि मगरको खोल ओड्ने ब्राह्मणबाद हो?
यस्तै तर्कहरूले गर्दा राईहरूसंग साँस्कृतिक र आस्था-मान्यताका हिसाबले याक्थुङहरू विल्कुलै टाढिन सक्छन।
सेतानेथामगुरालि सबै किराँत सभ्यता भित्रका जाती हौं भन्ने कुराको प्रमाण प्राचीन ईतिहाँसमा पायिन्छ, तर राई मात्र त्यो सभ्यता भित्र रमाइरहेका छौं अन्य जातीले लेख्नै बिर्सिय। सायद ईतिहास नबुझेर पनि होला।