याम्फू किरात समाज किरात प्रदेशको पक्षमा

याम्फू किरात समाजले प्रदेश १ को नाम ‘किरात प्रदेश’ हुनुपर्ने आफ्नाे आधिकारिक धारणा रहेको प्रष्ट पारेको छ ।

लिमम्बुवान किरात संयुक्त संघर्ष समितिले याम्फू किरात समाजको नाम राखेर आन्दोलनको विज्ञप्ति निकालेपछि समाजका अध्यक्ष रञ्जित गेसा र महासचिव दिलकुमार शिवउले आज एक अपिलपत्र जारी गरी किरात प्रदेश नामकरण हुनुपर्ने समाजको पहिलेदेखिकै धारणा रहेको प्रष्ट पारेका हुन् ।

लिम्बुवान किरात संयुक्त संघर्ष समितिले प्रदेश १ को नाम ‘लिम्बुवान किरात’ राख्न माग गर्दै आन्दोलन गरिरहेको छ ।

लिम्बुवान किरात प्रदेशको पक्षमा याम्फू किरात समाज पनि रहेको समितिले दाबी गरेको थियो ।

तर हालसम्म समितिले जारी गरेको कुनै पनि विज्ञप्तिमा समाजको तर्फबाट हस्ताक्षर गरिएको भने देखिएको छैन ।

‘प्रदेश नामकरणको सन्दर्भमा व्यक्तिको राजनीतिक आस्थाको आधारमा विभिन्न धारणाहरु हुन सक्छन्, तर याम्फू किरात समाजको नाम जोडेर विभिन्न सामाजिक सञ्जालमा पक्ष विपक्ष देखाइएको विषयप्रति समाजको ध्यानाकर्षण भएको छ,’ अपिलपत्रमा भनिएको छ, ‘जसमा विभिन्न संस्था र व्यक्तिहरुले आधिकारिक धारणाको बारेमा जिज्ञासा राखेको पाइएकोले यस समाजको नामकरणको सन्दर्भमा किरात प्रदेश हुनुपर्ने धारणा विगतमा सार्वजनिक भइसकेको कुरा अवगत गराउँदै यसरी समाजसँग समन्वय नगरी याम्फू किरात समाजलाई पक्षविपक्षमा आफ्नाे स्वार्थको निमित्त प्रयोग नगरीदिन हुन सबैमा अपिल गर्दछौं ।’

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img