खसान–काठमाडौं सम्पर्क समिति गठन, अध्यक्षमा मिना गौतम जाग्री

जनता समाजवादी पार्टी नेपालको खसान राष्ट्रिय समितिअन्तर्गत ‘खसान–काठमाडौं सम्पर्क समिति’ गठन गरिएको छ ।

आज खसान राष्ट्रिय समितिका अध्यक्ष हेमन्तराज माण्डव्यको अध्यक्षमा ललितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालय परिसरमा आयोजना गरिएको भेलाले मिना गौतम जाग्री संयोजक रहेको खसान–काठमाडौं सम्पर्क समिति गठन गरेको हो ।

समितिका सदस्यहरुमा रुपेश श्रेष्ठ (डोटी), कृष्ण बड (बैतडी), तिलक जाग्री (बझाङ), खगिसरा खत्री (सुर्खेत), लक्ष्मण धामी (बझाङ), अमृता खत्री (सुर्खेत) र झरना खड्का (अछाम) छन् ।

कार्यक्रममा जसपाका राजनीतिक समिति सदस्य प्रेम थापा प्रमुख अतिथि थिए । जसमा भीम थापा, मानबहादुर धामी, सन्तोष सिलवाल पवन फेवादिन लिम्बूलगायत पार्टीका नेताहरुको पनि उपस्थिति थियो ।

खसान राष्ट्रिय समितिका अध्यक्ष माण्डव्यले अहिले खसान–काठमाडौं सम्पर्क समितिमा संयोजक मात्रै तोकिएको र आगामी भदौ १० गतेसम्ममा समितिलाई विस्तार गरी पदाधिकारी तथा सदस्यहरु टुङ्ग्याइने बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्