जसपा नेता युवराज कार्की मोरङ–२ बाट समानुपातिक उम्मेदवार सिफारिस

प्रत्यक्षमा प्रेमनारायण थापा

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी सदस्य युवराज कार्कीलाई मोरङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक उम्मेदवार सिफारिस गरिएको छ ।

जसपा मोरङ क्षेत्र नं २ को आज बसेको बैठकले समानुपातिक उम्मेदवारतर्फ कार्कीसहित हिरामणि गनगाईंलाई सिफारिस गरेको हो ।

बैठकले प्रत्यक्षतर्फ भने प्रेमनारायण थापाको नाम सिफारिस गरेको छ । थापा जसपाका राजनीतिक समिति सदस्य हुन् ।

बैठकले प्रदेशसभाको ‘क’मा प्रत्यक्षतर्फ विनोदसिंह गनगाईं, सुरज गनगाईं, समज आलम र गणेश आमत्यलाई सिफारिस गरेको छ ।

यसैगरी ‘ख’बाट प्रत्यक्षतर्फ आशीनाथ राजवंशी र सदानन्द यादवको नाम सिफारिस गरेको छ ।

प्रदेशसभाको समानुपातिकतर्फ भने बासु बहरदार, साहजदा प्रविण, सविता राय, भगवान चन्द यादव, हरि साह र जनकलाल साहलाई सिफारिस गरेको छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img