एमाले हिन्दुराज्य र राजा ल्याउने पक्षमा छः माेहनविक्रम सिंह

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले एमालेले नेपालमा राजतन्त्र र हिन्दुराज्य ल्याउने बाटाेमा हिडेकाे बताएका छन् ।

एमाले, राजावादी र भारतीय हिन्दुवादीहरु एकजुट भएर नेपालमा राजतन्त्र र हिन्दुराज्य ल्याउन खाेजेकाे भन्दै उनले आगामी मंसिर ४ गतेकाे निर्वाचनमा एमालेलाई हराउनुपर्ने पनि बताए ।

‘हिन्दू राज्यको बाटोमा एमाले हिडेको र हिन्दू राष्ट्रका लागि हिन्दू राजा चाहिन्छ भनेर राजा फर्काउने बाटोमा एमाले छ,’ उनले भने, ‘त्यसैले परिवर्तन जोगाउन हामीले एमालेलाई हराउनुपर्छ ।’

प्रगतिशील पत्रकार संघ अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार भेटघाटमा महामन्त्री सिंहले साे कुरा बताएका हुन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img