Saturday, April 1, 2023

बास्कोटाको सम्बोधनप्रति कँडेलको टिप्पणी : ‘जस्ता गुरु उस्तै चेला’

नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले एमालेका सांसद गोकुल बास्कोटाले गरेको संवोधनप्रति व्यंग्य गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउमा बोलेका बास्कोटालाई गुरु अनुसारकै चेला भएको कँडेलले टिप्पणी गरेका हुन् । आजको प्रतिनिधि सभा बैठकमा कँडेलले बास्कोटालगत्तै संबोधन गरेका थिए ।

‘जस्ता गुरु उस्तै चेला’ कँडेलले भने, ‘सभामुख महोदय म त्यता जान चाहन्न, कस्ता गुरु भनेर यहाँ अवगत गराउन चाहन्छु ।’

कँडेलले २०७४ सालको निर्वाचनका समयमा ओलीले नेपाली कांग्रेसको अन्तिम सरकार घोषणा गरेको स्मरण गर्दै भने ‘नेपाली कांग्रेसको अन्तिम सरकार, शेरबहादुर देउवा नेतृत्वको यही सरकार हो । डेट दतोकिदिनु पर्छ ? पर्छ भने २०७४ साल पुस मसान्त, म नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई हार्दिक समवेदना भन्न चाहन्छु, ‘मलाई सम्झँदा पनि लाज लाग्छ । एउटा राजनीति गर्ने व्यक्ति, त्यस्ता अभिव्यक्ति दिने व्यक्तिबाट देशले आसा गर्नुपर्ने ?’

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्