सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले लियो अग्रता, माओवादी दाेस्राे

सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (शरिन तामाङ)ले अग्रता लिएकी छन् ।

धरान उपमहानगरपालिकाको वडा नं १ देखि ८ सम्मको मत गणना सकिँदा तामाङले ३६८७ मत ल्याएकी छन् ।

वडा नं ७ को गणना सकिँदा तेस्रो स्थानमा रहेकी उनी वडा नं ८ को गणना सकिँदा अग्रस्थानमा पुगेकी हुन् ।

पहिलो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका मुक्सामहाङ सुब्बा ३६०० मत ल्याएर दोस्रो स्थानमा पुगेका छन् भने जनता समाजवादी पार्टीका अशोक कुमार राई ३३७५ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

स्वतन्त्र उम्मेदवार मनोज कुमार मेन्याङ्बो २५४२ मत ल्याएर चौथो र राष्ट्रि प्रजातन्त्र पार्टीका अशोक कुमार राई १९५१ मतका साथ पाँचौ स्थानमा रहेका छन् ।

माओवादीका सुब्बा कांग्रेस–माओवादी–नेकपा एस सम्मिलित बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार हुन् भने जसपाका अशोक कुमार राई एमाले–जसपा तालमेलका साझा उम्मेदवार हुन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्