नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन् ।

सोमबार बसेको संसदीय दलको प्रथम बैठकले सर्वसम्मत रुपमा नेपाललाई नेता चयन गरेको हो ।

बैठकमा राजेन्द्रप्रसाद पाण्डेको प्रस्ताव र शेरबहादुर कुँवरको समर्थनमा नेपाललाई दलको नेता चयन गरिएको हो ।

संसदीय दलको बैठक बस्नुअघि प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा निर्वाचितहरुलाई पार्टी केन्द्रीय कार्यालयकाे तर्फबाट बधाई तथा शुभकामना ज्ञापन कार्यक्रम राखिएको थियो ।

जसमा पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले पार्टी कसरी अघि बढ्ने भन्ने सन्दर्भमा निर्देशनात्मक मन्तव्य राखेका थिए ।

प्रतिनिधिसभा सदस्यमा नेकपा एसबाट जम्मा १० जना सांसद् निर्वाचित भएका छन् ।