विराटनगर । प्रदेश नं १ काे प्रथम प्रदेश सभाकाे अधिवेशन आगामी पुस १७ गते दिउँसाे १ बजे हुने भएकाे छ ।

प्रदेश प्रमुख परशुराम खापुङले पुस १७ गतेका लागि प्रदेश सभाको प्रथम अधिवेशन आव्हान गरेका छन् ।

प्रदेश सरकार, मन्त्रिपरिषद्को पुस ११ गतेको सिफारिसमा प्रमुख खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको आव्हान गरेका हुन् ।