काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा पठाउने मन्त्रीहरुको टुङ्गो लगाउने जिम्मा राजनीतिक समितिलाई दिएको छ ।

शनिबार ललितपुरस्थित केन्द्रीय कार्यालयमा बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा पठाउने मन्त्रीहरुको नाम टुङ्गो लगाउने जिम्मा राजनीतिक समितिलाई दिएको जसपाका प्रवक्ता मनिष सुमनले बताए ।

राजनीतिक समितिको बैठक यही पुस १८ र १९ गते काठमाडौंमा बस्नेछ ।

जसपा सरकारमा सहभागी हुने भए पनि उसले कति मन्त्रालय पाउने भन्ने टुङ्गो लागेको छैन ।

बैठकले निर्वाचनको समिक्षा गर्नका लागि शिवलाल थापाको नेतृत्वमा तीन सदस्यीय समिति पनि बनाएको छ ।