सरकारमा जानेबारे निर्णय गर्न जसपा राजनीतिक समितिको बैठक सुरु

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागिताबारे निर्णय लिन जनता समाजवादी पार्टी (जसपा) को राजनीतिक समितिको बैठक आज (सोमबार) देखि ललितपुरमा सुरु भएको छ ।

दुई दिनसम्म चल्ने बैठकले पार्टी सरकारमा जाने वा नजाने र सरकारमा जाँदा कसकसलाई पठाउने भन्ने निर्णय गर्नेछ ।

ललितपुरको बालकुमारीस्थित ज्यापू प्रज्ञा भवनमा सुरु भएको बैठकले निर्वाचनको समीक्षाका साथै पार्टीको विधान अधिवेशन र कार्यदिशा लगायत महत्वपूर्ण विषयमा निर्णय गर्नेछ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्