काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर स्ववियु निर्वाचन पूर्ण समानुपातिक प्रणालीकाे हुनुपर्ने माग गरेकाे छ ।
अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली नेतृत्वकाे टाेलीले शुक्रबार प्रधानमन्त्री दाहाललाई भेटेर उक्त माग गर्दै ज्ञापनपत्र समेत बुझाएकाे छ ।
त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री दाहालसमक्ष स्ववियु निर्वाचन प्रणाली खर्चिलो र सबै विद्यार्थीको प्रतिनिधित्व गर्न नसक्ने भएकाेले पूर्ण समानुपातिक प्रणाली अपनाउनुपर्ने माग गरिएकाे हाे ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले समानुपातिक स्ववियु निर्वाचनको सन्दर्भमा सरोकारवाला निकायसँग छलफल गरी निर्वाचन प्रणाली कस्तो हुनुपर्ने भन्ने धारणा बनाउने कुरा बताएकाे अनेरास्ववियूका प्रवक्ता मिलन राईले जानकारी दिए ।
स्ववियु निर्वाचन आगामी चैत ५ गते हुने भएकाे छ ।