Sunday, April 2, 2023

स्ववियु निर्वाचनमा ५० प्रतिशत महिला सहभागिता पुर्याउन माग

काठमाडाैं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्ववियु निर्वाचनमा कम्तिमा ३३ प्रतिशत र अनिवार्य ५० प्रतिशत महिला सहभागिता पुर्याउन माग गरेको छ ।

अनेरास्ववियु महासचिव आरती लामा नेतृत्वको टोलीले मंगलबार विद्यार्थी कल्याण तथा खेलकुद महानिर्देशनालयका प्रमुख प्रा. पशुपति अधिकारीलाई उक्त कुराकाे माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा भनिएको छ, ‘नेपालको संविधान २०७२ ले हरेक क्षेत्रमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरेको वर्तमान समयमा स्ववियु निर्वाचनमा कम्तिमा ३३ प्रतिशत महिला सहभागी गराउनु संविधानको मुल मर्मलाई आत्मसात् गर्नु हो ।’

ज्ञापनपत्र बुझ्दै महानिर्देशनालयका प्रमुख अधिकारीले अनेरास्ववियुको मागप्रति त्रिवि सकारात्मक रहेको र नीतिनिर्माणकै तहमा उक्त मागलाई बिषय बनाएर उठाउने बताएको अनेरास्ववियुका प्रवक्ता मिलन राईले बताए ।

त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते आफ्ना आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन गराउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्