अन्त भोट हाल्ने नेता-कार्यकर्ताहरुलाई कारबाही गर्ने माधव नेपालको चेतावनी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कलम चिन्हमा भोट नहाल्ने नेता–कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

‘एकीकृत समाजवादीको नेता–कार्यकर्ता बन्ने, तर अर्कै पार्टीको चुनाव चिन्हमा भोट हाल्नेलाई कारबाही हुन्छ’, रौतहट काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले भने, ‘मैले केही सुनेको छु र तथ्यहरु पनि संकलन भइरहेका छन्, पार्टीलाई धोका दिएको प्रमाणित भए अप्ठेरो पर्ला, समयमै आत्मसमिक्षा गर्नुहोस् ।’

गत मंसिर ४ गतेको निर्वाचनमा एकीकृत समाजवादीका केही नेता र कार्यकर्ताहरुले फरक पार्टीका उम्मेदवारलाई सहयोग गरेको सूचना पार्टी मुख्यालयमा आएको उनले बताए ।

कतिपयले प्रत्यक्षमा कलम चिन्हमा मतदान गरे पनि समानुपातिकमा अर्कै पार्टीलाई भोट दिएको नेता नेपालको भनाइ छ ।
उनले अब एकीकृत समाजवादीलाई देशकै मुख्य राजनीतिक शक्ति बनाउनुपर्ने बताए ।

पार्टीलाई क्रान्तिकारी भावनामा अघि बढाएर नेपाली जनताको आर्थिक, सामाजिक रुपान्तरणमा लाग्ने उनले बताए ।

पार्टी निर्माणका लागि दृढ सपना र लक्ष्य बोक्न कार्यकर्ताहरुलाई निर्देशन दिँदै उनले भने, ‘सपनाको लागि प्रयासरहित निन्द्रा चाहिन्छ, तर लक्ष्यका लागि निन्द्रारहित प्रयत्नको आवश्यकता पर्दछ ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्