राष्ट्रपतिको निर्वाचन फागुन २५ गते, १३ गते उम्मेदवारी मनोनयन

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिकाे निर्वाचनको मिति तोकेको छ । आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने तयारी गरेकाे हाे ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २८ गते सकिँदै छ ।

आयोगले उपराष्ट्रपति निर्वाचनको पनि मिति तोकेको छ । उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते तोकिएको छ ।

राष्ट्रपतिको निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दिने गरी आयोगद्वारा कार्यतालिका समेत प्रकाशित गरिएको छ ।

उम्मेदवारविरुद्ध उजुरी दिने, उजुरीमा छानबिन गरी निर्णय लिनेदेखि अन्तिम नामावली प्रकाशन गर्नेसम्मका कार्य फागुन १६ गतेभित्र सकिने छ ।

फागुन २५ गते मतदान हुनेछ ।

यसैगरी उपराष्ट्रपतिका लागि फागुन २७ गते उम्मेदवारी मनोनयन गर्ने मिति तोकिएको छ । उपराष्ट्रपतिको मतदान चैत ३ गते हुनेछ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसदका सदस्यहरु र प्रदेशसभाका सदस्यहरु मतदाता हुने व्यवस्था छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनले निर्वाचनको मिति तोक्ने र सोको जानकारी दिने अधिकार आयोगलाई दिएको छ ।

आयोगले सोमबार नै निर्वाचनबारे सरकारलाई जानकारी गराएको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा कसरी जान्ने भन्ने विषयमा सत्तारुढ दलहरुका बिचमा हालसम्म सहमति हुन सकेको छैन ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्