जसपाबाट प्रस्ताव आयो, मुद्दाका लागि पदलोलुप त्यागेर एकता गरौंः चेम्जोङ

काठमाडौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव अशोक चेम्जोङले जनता समाजवादी पार्टीका नेताहरुले पटक पटक पार्टी एकताका लागि प्रस्ताव गरेको भए पनि आफ्नाे पक्षबाटै छलफल अघि बढ्न नसकेको बताएका छन् ।

जसपाले सोमबार पार्टी एकताका लागि मञ्चलाई पत्राचार गरेपछि सामाजिक सञ्जालमा पत्रबारे प्रतिक्रिया जनाउँदै महासचिव चेम्जोङले लेखे, ‘जसपाबाट बारबार एकता प्रस्ताव आएकै हो । अध्यक्ष र म स्वयम् निर्वाचनअघि पनि राष्ट्रिय राजनीति र लिम्बुवान आन्दोलन कसरी मजबुत बनाउन सकिन्छ भन्ने विषय र एकताबारे जसपा शीर्ष नेताहरुसँग छलफल गर्यौं । तर हाम्रो पक्षबाटै छलफल अघि बढ्न सकेन ।’

उनले हाल पहिचान पक्षधर शक्ति कमजोर बन्दै गएको भन्दै अब नयाँ ढंगले सोच्नुपर्ने समेत उल्लेख गरे ।

‘एक्लै एक्लै लडेर युद्ध जितिदैन । यत्तिका वर्ष एक्लै एक्लै कोसिस गरेकै हो, भएन,’ उनले लेखेका छन्, ‘नयाँ ढंगले सोचौं । नयाँ रणनीति र कार्यक्रम निर्माण गरौं ।’

उनले पदलोलुपता र घमन्ड त्यागेर मुद्दा र सिद्धान्तका लागि एकता गर्नु आजको अपरिहार्य आवश्यकता रहेको उल्लेख गरेका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्