Sunday, April 2, 2023

काेसी प्रदेशकाे विराेधमा वडा कार्यालयमा तालाबन्दी

इलाम । काेसी प्रदेश नामकरणकाे विराेधमा इलामका स्थानीय पालिकाका केही वडा कार्यालयमा तालाबन्दी गरिएकाे छ ।

लिम्बुवान किरात संयुक्त सङ्घर्ष समितिले पहिचान झल्कने नाम राख्नुपर्ने माग गर्दै इलामको माङसेबुङ गाउँपालिका र माई नगरपालिकाका वडा कार्यालयमा तालाबन्दी गरेको हो ।

उनीहरुले माङसेबुङ गाउँपालिकाका वडा नम्बर ३ र ५ को वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

साे क्रममा ‘माङसेबुङ नागरिक समूह’ को नाममा नारा जुलुससहित प्रदर्शन समेत गरिएकाे छ ।

उनीहरुले माई नगरपालिका–८ कल्कत्ते वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्