जसपाले रिक्त रहेको समानुपातिक सांसदमा मञ्जु अन्सारीलाई पठायो

ललितपुर । जनता समाजवादी पार्टीले मञ्जु अन्सारीलाई प्रतिनिधिसभा सदस्यमा निर्वाचन आयोगलाई सिफारिस गरेको छ ।

बिहीबार ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले रिक्त रहेको समानुपातिक तर्फको सिटमा अन्सारीलाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता मनिष सुमनले जनाए ।

गत फागुन १३ गते समानुपातिक सांसद सहनाज रहमानको हृदयघातका कारण अचानक निधन भएको थियो ।

सप्तरीकी अन्सारी मुस्लिम क्लस्टरको समानुपातिक उम्मेदवारहरुको सूचीमा दोस्रो नम्बरमा थिइन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्