अमेरिकाका बहुसंख्यक प्रदेशहरुको नाम आदिवासीहरुको पहिचानमा राखिएको छ

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा प्रदेश नामकरणबारे भ्रम र आग्रह–पूर्वाग्रह रहेको स्थितिमा ५० राज्य रहेको अमेरिकामा बहुसङ्ख्यक राज्यहरुको नाम आदिवासीहरुको पहिचानमा राखिएको थियो भन्ने बुझ्नु उपयुक्त हुने बताएका छन् ।

अध्यक्ष भट्टराईले शनिबार ‘अमेरिकाको हरेक राज्यले कसरी नाम राख्यो’ भन्ने छोटो जानकारीको लिंक ट्वीटरमा सेयर गर्दै यो कुरा बताएका हुन् ।

नेपालमा अहिले अन्तिममा नाम राख्न बाँकी रहेको प्रदेश १ को नाम पनि स्थानीयको माग र आन्दोलनविपरित पञ्चायतकाल नाम झल्किने गरी कोशी प्रदेश राखेपछि आन्दोलन भइरहेको छ ।

आज कोशी प्रदेश नाम खारेज गरी पहिचानका आधारमा नाम राख्न माग गर्दै विराटनगरमा नजप्रदर्शन गरिँदै छ ।

 

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्