विराटनगरको स्थिति तनावग्रस्त, प्रहरीद्वारा चार राउन्ड हवाइ फायर

विराटनगर । कोशी प्रदेश नाम खारेज गर्न माग राखेर आइतबार विराटनगरमा गरिएको विरोध प्रदर्शन तनावग्रस्त बनेको छ ।

आन्दोलनकारीहरुले निषेधित क्षेत्र तोडेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि चार राउन्ड हवाइ फायर गरेको छ ।

आन्दोलनकारीहरुमाथि अश्रु ग्यास समेत प्रहार गरिएकाे छ ।

आन्दोलनकारीहरुले प्रहरीमाथि इटा प्रहार गर्नुका साथै सडकमा टायर बालेर नाराबाजी गरेका छन् । आन्दोलनबाट विराटनगरको महेन्द्र चोक तनावग्रस्त बनेको हो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्