कोशी प्रदेशमा भोट हाल्ने पिके राईलाई मोसो दलियाे

खोटाङ । कोशी प्रदेशमा भोट हालेको भन्दै पहिचानसहितको सङ्घीयता पक्षधर आन्दोलनकारीहरुले प्रदेश सांसद पिके राईलाई मोसो दलेका छन् ।

कोशी प्रदेशमा भोट हाल्ने सांसदहरुलाई जिल्ला प्रवेशमा रोक लगाउने घोषणा गरेका आन्दोलनकारीहरुले जिल्ला समन्वय समितिकाे कार्यक्रममा भाग लिन दिक्तेल आएका सांसद राईलाई कार्यक्रमस्थलमै मोसो दलेर नाराबाजी गरेका हुन् ।

उनी नेकपा एमालेका नेता हुन् ।

प्रहरीले राईलाई मोसो दलेको अभियोगमा किरात राई यायाेक्खा खाेटाङका अध्यक्ष युगसन किरात, जनता समाजवादी पार्टीका जिल्ला सचिव सुनिल चाम्लिङ, यायाेक्खाका पूर्वजिल्ला उपाध्यक्ष सप्तमणि राई र यायाेक्खाका सहकाेषाध्यक्ष डार्बिन राईलाई पक्राउ गरेकाे जसपा खाेटाङका नेता पिके खम्बुले जनाए ।

यायाेक्खा अध्यक्ष युगसन किरात बाहेक अन्य तीन जनालाई प्रहरीले हत्कडी लगाएर प्रहरी कार्यालयमा पुर्याएकाे छ ।

पक्राउ परेकाहरु ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्