असार १३ गते समाजवादी विद्यार्थी मोर्चा घोषणा गरिने

काठमाडौँ । समाजवादी मोर्चा नेपालमा आवद्ध विद्यार्थी संगठनहरुले ‘समाजवादी विद्यार्थी मोर्चा’ घोषणा गर्ने भएका छन् ।

अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, नेपाल र अखिल (क्रान्तिकारी)का अध्यक्षसहित पदाधिकारीहरुको संयुक्त बैठकले मोर्चा गठन गरी घोषणा गर्ने निर्णय गरेको हो ।

समाजवादी विद्यार्थी युनियनका महासचिव प्रकाश चाम्लिङले आगामी असार १३ गते विद्यार्थीहरुको व्यापक उपस्थितिका बिचमा काठमाडाैँमा समाजवादी विद्यार्थी मोर्चा घोषणा गर्ने निर्णय भएको बताए ।

सोही बखत मोर्चाको तर्फबाट अवधारणापत्र समेत सार्वजनिक गरिने छ ।

विद्यार्थी नेताहरुको बैठक शुक्रबार ललितपुरस्थित समाजवादी विद्यार्थी युनियनको केन्द्रीय कार्यालयमा भएको हो ।

बैठकपछि चारै विद्यार्थी संगठनका अध्यक्षहरुले संयुक्त विज्ञप्ति जारी गरी माेर्चा घाेषणा गरिनेबारे जानकारी दिएका हुन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्