कोशी प्रदेश नाम सच्याउनुपर्छः मन्त्री लिम्बू

काठमाडाैँ । युवा तथा खेलकुमन्त्री एवम् नेपाली कांग्रेसका नेता डिगबहादुर लिम्बूले कोशी प्रदेशको नाम सच्याउनुपर्ने बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले साे कुरा बताएका हुन् ।

मन्त्री लिम्बूले नामाकरणपछि कोशी प्रदेशमा समस्या उत्पन्न भइरहेको भन्दै यो समस्यालाई रोक्न आवश्यक रहेको बताए ।

उनले प्रदेशको नाम पुनः विचार गर्नुपर्छ भनेर पार्टीको ध्यानाकर्षण गराएको जानकारी दिए । उनले कांग्रेसको गतिविधि शून्य रहेको बेलामा विभिन्न राजनीतिक पार्टीहरू च्याउजस्तै उम्रिएको पनि बताए ।

‘अहिले कोशी प्रदेशमा समस्या उत्पन्न भएको अवस्था छ । त्यो विषयमा केन्द्रीय सभापतिज्यु र केन्द्रीय नेताहरू अनविज्ञ हुनुहुन्न । त्यो विषय त्यहाँका सांसद साथीहरूले उठाउनुभएको छ । त्यहाँ कांग्रेसमा आबद्ध साथीहरूलाई तपाईंहरू पहिचान विरोधी हो ? तपाईंहरू सङ्घीयता विरोधी हो की होइन, होइन भने प्रदेश १ को नाम राख्ने बेलामा जबरजस्ती रातारात किन कोशी प्रदेश राख्नुभयो भनेर हामीले फोनमा भनेका थियौँ,’ मन्त्री लिम्बूले भने, ‘यो पुनः विचार गर्नुपर्छ भनेर हामीले पार्टीको ध्यानाकर्षण गराएका छौँ । पार्टी के भन्छ सभापतिज्यूले भन्नुहोला । जनताको भावनाअनुसार जनताका कुरा सम्बोधन हुनेकुरा पार्टीभित्र आवाज उठ्छ की उठ्दैन ? पार्टीभित्र छलफल र बहस गरेर जनताको बीचमा जानुपर्छ ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्