कोशी प्रदेशविरुद्ध आन्दोलनका लागि ताप्लेजुङमा ५०१ सदस्यीय युवा दस्ता गठन

ताप्लेजुङ । ताप्लेजुङमा कोशी प्रदेश नामकरण खारेज गरी पहिचानको आधारमा नामकरणको आन्दोलन सशक्त बनाउन युवा दस्ता गठन गरिएको छ ।

बिहीबार नवीन पोमुको नेतृत्वमा ५०१ सदस्यीय युवा दस्ता घोषणा गरिएको हो ।

युवा दस्ताले बजारमा लाैराे प्रदर्शन गर्दै मार्च पास पनि गरेको थियो ।

कार्यक्रममा किरात धर्म साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्जा, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन, नेकपा एकीकृत समाजवादीका नेता कृष्ण चोङ्बाङ, जसपा लिम्बुवान राष्ट्रिय समितिका सचिव केदार धिमाल, किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष मधु केरुङ, पहिचानका लागि युवा दस्ताका सचिव साहस राई लगायतको उपस्थिति थियो ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img