काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको आज बिहान उपचारको क्रममा निधन भएको छ ।
प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक प्रा. डा. युवराज शर्माकाअनुसार बिहान ८ः३० बजे उनकाे निधन भएको हो ।
उनी लामो समयदेखि पार्किन्सजस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित थिइन् ।
अचानक स्वास्थ्यमा जटिलता भएपछि आज बिहानै उनलाई काठमाडौँको नर्भिक अस्पताल पुर्याइएको थियो ।
स्वर्गीय सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बिहान ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने र २ बजे पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिने भएको छ ।