राप्रपाले व्यानरमा कोशी प्रदेश नराखेपछि पहिचानवादीहरुले दिए धन्यवाद

मोरङ । प्रदेश नं १ पुनः नामङ्कन संयुक्त सङ्घर्ष समिति सुन्दरहरैचा मोरङद्वारा आज बिराटचोकमा कोशी नामविरुद्ध नारा जुलुस प्रदर्शन गरिएकाे छ ।

कार्यक्रममा कोशी प्रदेश नाम मान्दैनौँ, कोशी नाम खारेज गर, पहिचानको आधारमा पुनः नामकरण गर लगायत नारासहित बिराटचोक परिक्रमा गर्दै नगरपालिकाको गेट नजिक आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राईले कथित विश्लेष्कहरु निस्केको भन्दै कोशीलाई खुसी र नदी भन्ने गरेको बताए ।

हाल नेकपा (एस) का नेता झलनाथ खनाल, प्रदेशसभा सदस्य राम रानामगर लगायतले कोशीलाई किराती भाषामा खुसी भन्ने गरेको, पूर्वमुख्यमन्त्रीले कोशीलाई नदी भनेर अथ्र्याउने प्रयास गरेको भिडियोहरु आइरहेको छ ।

उपमहासचिव राईले सोही बिषयलाई कथित विश्लेष्कहरु भन्दै नेपाली बृहत् शब्द कोशमा कौशिक ऋषि भनिएको दोहोर्याउँदै भ्रम सिर्जना गर्दै कन्भिन्स नगर्न चेतावनी दिए ।

जसपा लिम्बुवान समितिको मुख्यसचिव केदार धिमाल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको मोरङ जिल्ला उपाध्यक्ष बिशाल विश्वकर्मा, संयुक्त सङ्घर्ष समितिको जिल्ला सचिव जयराज केरुङ लिम्बू लगायतले सम्बोधन गरेका थिए ।

आजै सुन्दरहरैचा-९ स्थित जेसिस भवनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको अगुवा कार्यकर्ता भेला राखेको थियो ।

कार्यक्रममा राप्रपाबाट चुनाव जितेर प्रदेशको पूर्बमन्त्री समेत रहेका भक्तिप्रसाद सिटौला आउने अनुमान गर्दै पहिचानवादीहरु बिराटचोकमा जम्मा भएका थिए ।

कार्यक्रममा राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरु आएपछि भक्तिप्रसाद सिटौला नआएको र गेट तथा ब्यानरहरुमा कोशी शब्द प्रयोग नगरेको भन्दै बक्ताहरुले धन्यवाद दिए ।

बक्ताहरुले एमाले, कांग्रेस, माओवादी लगायतका पार्टी, सङ्घ, सङ्गठनहरुलाई समेत कार्यक्रम गर्दा कोशी प्रदेश शब्द प्रयोग नगर्न अनुरोध गरेका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्