पहिचानको विरोध गर्ने खास खास नेताहरुमा एमालेका महेश बस्नेतको नाम पनि अगाडि आउँछ ।
उनी आज झापाको अर्जुनधारामा राष्ट्रिय युवा संघको प्रथम नगर कमिटी अधिवेशनको प्रमुख अतिथि भएका थिए ।
महेश बस्नेत झापा आए विरोध गर्ने पूर्व घोषणा गरेका पहिचान पक्षधर युवाहरुले उनलाई बाटैमा कालो झन्डा देखाएर विरोध गर्ने प्रयास गरे ।
तर, बस्नेतकाे सुरक्षाका लागि कार्यक्रमस्थलमा धेरै संख्यामा प्रहरीहरु खटाइदियाे प्रशासनले । जसले गर्दा बस्नेतकाे अघि कालाे झन्डा देखाउन नपाए पनि युवाहरुले कार्यक्रमस्थल परबाटै बस्नेतविरुद्ध नाराबाजी गरे ।
उनीहरुले बस्नेत सहभागी भएकाे उक्त कार्यक्रम बिथाेल्ने प्रयास पनि गरे ।
साे क्रममा उनीहरुले एमाले नेताहरु चढेकाे दर्जनभन्दा बढी निजी गाडीहरुमाथि ढुंगा प्रहार गरे । जसका कारण ती गाडीका सिसा फुटेको छ ।
कोशी प्रदेश नाम खारेज गरी पहिचानको आधारमा नामकरण गर्न पहिचानवादीहरुले आन्दोलन गरिरहेको विषयलाई बस्नेतले खिसीटिउरी गर्ने र उत्तेजित पार्ने अभिव्यक्ति दिएका थिए ।
Identityists disrupting Mahesh Basnet's program in Jhapa pic.twitter.com/esAwen051d
— Salpa Online (@salpa_online) October 12, 2023