जसपाकाे विभिन्न जिल्ला समिति पुनर्गठन

जनता समाजवादी पार्टी (जसपा) नेपालले विभिन्न पाँच जिल्ला समिति पुनर्गठन गरेको छ ।

भक्तपुर, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, धादिङ र इलाम जिल्ला समिति पुनर्गठन गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार भक्तपुरमा श्याम शिल्पकार, काभ्रेपलान्चोकमा वीरबहादुर तामाङ, सिन्धुपाल्चोकमा जगत मोक्तान, धादिङमा इमानसिंह तामाङको अध्यक्षतामा जिल्ला समिति पुनर्गठन गरिएकाे हाे ।

पुनर्गठित जिल्ला समिति २१ सदस्यीय रहेको सो पार्टीले जनाएको छ ।

इलाम जिल्ला समिति पनि पुनर्गठन गरिएकाे छ । छिकिन तामाङको अध्यक्षतामा पुनर्गठित समिति ३१ सदस्यीय रहेको बस्नेतले बताए । रासस

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्