अन्ततः धनकुटा चौबिसेका मनकुमार याम्फु राई, बुलन चेम्जोङ र सानु लिम्बुलाई स्थानीय प्रशासनले रिहा गरेको छ ।
उनीहरुलाई रिहा गरेपछि अनिश्चितकालीन धनकुटा बन्द पनि फिर्ता लिइएको छ ।
प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले पक्राउ परेकाहरु रिहा भएकोले बन्द फिर्ता लिएको जनाएको छ ।
उनीहरुलाई गत असोज २५ गते घरबाटै प्रहरीले पक्राउ गरेको थियो ।
समितिले भने असोज २९ गतेभित्रमा उनीहरुलाई रिहा नगरे असोज ३० गतेदेखि अनिश्चितकालीन धनकुटा बन्द गर्ने घोषणा गरेको थियो ।
जस अनुसार आज धनकुटा बन्द गरिएको थियो । पहिचानवादीहरुको बन्दबाट स्थानीय प्रशासन घुँडा टेक्न बाध्य भएको हो ।