योजना मिलाउने भन्दै राष्ट्रिय सभा सदस्य नरपति लुवारले हुम्लाका एक बासिन्दासँग पैसा असुलेको आरोप पीडितले लगाएका छन् ।
हुम्लाको अदानचुली गाउँपालिका–४ निवासी सुरेश बुमीबाट राष्ट्रिय सभाका सदस्य लुवारले सो पैसा असुलेको आरोप छ ।
बुमीका अनुसार गत फागुन ११ गते योजना मिलाई दिन्छु भन्दै सांसद लुवारले एभरेष्ट बैँकमा रहेको आफ्नो खातामा पैसा हाल्न लगाएका थिए ।
पीडित बुमीले सांसद लुवारको खातामा एक लाख असी हजार जम्मा गरेका गरेका थिए ।
सात महिना बितिसक्दा पनि सांसद लुवार उल्टै सम्पर्कविहीन भएपछि पीडित बुमीले आफ्नो पिडा सार्वजनिक गरेका हुन् ।
पीडित बुमीले आफूले सांसदलाई बुझाउन ऋण लिएको र साहुले आफ्नो पैसा फिर्ता गर्न बारम्बार भनिरहेको र सांसद भने सम्पर्कविहीन भएका कारण आफूले पिडा सार्वजनिक गरेका बताएका छन् ।
सांसद लुवारको खातामा हुम्लाकै अदानचुली–६ का मोहन बुढाबाट पनि एक लाख जम्मा भएको छ ।
यो रकम पनि योजना मिलाई दिने भन्दै सांसद लुवारले आफ्नो खातामा जम्मा गर्न लगाएका थिए ।
सांसद लुवार नेकपा एमाले कालिकोटबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन् ।
उनी गोला प्रथाद्वारा ६ वर्षको लागि निर्वाचित भएका थिए । उनीसँग सम्पर्क गर्न खोज्दा हुन सकेको छैन । सांसद लुवारको मोवाइल नम्बर ९८५११०२९७३ मा सम्पर्क गर्न खोज्दा काट्ने गरिएको छ । देशसञ्जारबाट