मध्यपूर्व तनाव: ५ हजार नेपालीले आफू असुरक्षित भएको जानकारी दिए

काठमाडाैं। मध्यपूर्वमा बढ्दो तनावका बीच पाँच हजारभन्दा बढी नेपाली नागरिकले आफू असुरक्षित रहेको जानकारी सरकारी संयन्त्रलाई गराएका छन्।

परराष्ट्र मन्त्रालयले बुधबार आयोजना गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले उक्त जानकारी दिएका हुन्। उनका अनुसार पश्चिम एसियामा रहेका नेपाली नागरिकको अवस्था अद्यावधिक गर्न कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता प्रणालीमा पाँच हजारभन्दा बढीले आफ्नो विवरण टिपाएका छन्।

प्रवक्ता क्षेत्रीले पछिल्लो समय विवरण अद्यावधिक गर्ने क्रममा केही नेपाली नागरिकले आफू सुरक्षित रहेको जानकारी गराउन थालेको पनि बताए।

असुरक्षित रहेका नागरिकको सुरक्षाका लागि विदेशस्थित नेपाली नियोगहरूसँग आवश्यक समन्वय भइरहेको उनले जानकारी दिए।

मध्यपूर्वमा बढ्दो तनावको अवस्थाबारे अध्ययन गरी सरकारलाई आवश्यक सुझाव दिन गठित ‘इमर्जेन्सी रेस्पोन्स टिम’ ले आफ्नो काम जारी राखेको पनि मन्त्रालयले जनाएको छ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img