ब्लास्ट खबरका सम्पादक राप्रपामा प्रवेश

धरानबाट प्रकाशित हुने ब्लास्ट खबर दैनिकका प्रबन्ध निर्देशक तथा सम्पादक कुमार कार्की राप्रपामा प्रवेश गरेका छन् ।

कार्की नेकपा एमाले कोशी प्रदेश कमिटीका पूर्व सदस्य थिए ।

एमालेबाट असन्तुष्ट रहँदै आएका उनले २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका मनोज मेन्याङ्बोलाई खुलेर सघाएका थिए ।

त्यसबेला एमाले र जनता समाजवादी पार्टीबीच तालमेल भएको थियो ।

सुनसरी–१ मा प्रतिनिसिभाका लागि जसपाबाट अशोक राई र प्रदेशसभा १ र २ बाट एमालेबाट रमेश बस्नेत र विजय राई साझा उम्मेदवार बनेका थिए ।

तालमेलका तीनजनै उम्मेदवार विजयी भएका थिए ।

आइतबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कार्कीलाई सदस्यता दिँदै पार्टीमा स्वागत गरेका हुन् । राप्रपाले हिन्दुराज्य र राजतन्त्त्रकाे वकालत गर्दै आएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्