पहिचान पक्षकाे सशक्त प्रतिपक्षी विचार स्थापित गरेका छाैं

विचारका हिसाबले खड्गप्रसाद ओलीहरुलाई चिहानमा गाड्याैं

पहिचान आन्दोलनका नेता गोपाल किरातीले पहिचान पक्षको सशक्त प्रतिपक्ष विचार स्थापित भइसकेको बताएका छन् ।

पाँच दिन प्रहरी हिरासतमा बसेर हिजो साँझ रिहा भएपछि पूर्वमाओवादी नेता समेत रहेका उनले २०३६/०३७ सालको जनमत संग्रहमा निर्दल पक्ष सत्तामा र बहुदल पक्ष प्रतिपक्ष रहेको स्मरण गराउँदै अहिले विचारधाराको हिसाबले पहिचानविरोधी सत्तामा र पहिचान पक्षधर प्रतिपक्षमा रहेको बताए ।

‘०४६ सालमा सत्तापक्ष निर्दलीय विचार विस्थापित भयो र ०३७ सालमा प्रतिपक्षमा रहेको बहुदलीय विचार सत्तापक्ष बन्यो,’ किरातीले भने, ‘त्यसैगरी अहिले पहिचानविरोधीहरु सत्तापक्षमा छन्, पहिचानवादीहरु हामी सडकमा छौं, प्रतिपक्षमा छौं ।’

उनले अहिले विचारधाराको हिसाबले पहिचानवादीविरोधीहरु सत्तामा रहेको बताए । उनले विचारको हिसाबले पहिचानविरोधी केपी ओलीहरुलाई चिहानमा गाँडिएको बताए ।

उनले भने, ‘हामीले घुर्मीदेखि चिवाभन्ज्याङसम्म पहिचानवादी जागरण २०८० घोषणा गर्यौ र मिहिनेत गर्यौ । त्यसरुपमा पहिचानविरोधी खड्गप्रसाद ओलीहरुलाई चिहानमा गाडेका छौं, पहिचानको सशक्त प्रतिपक्ष विचार स्थापित गरेका छौं ।’

नेता किरातीले पहिचानको आन्दोलनलाई चौगुणा वृद्धि गर्न जरुरी रहेको पनि औल्याए ।

आन्दोलनमा मिहिनेत गर्नेहरुलाई धन्यवाद दिँदै उनले भने, ‘यतिको जागरणले मात्रै किरात प्रदेश, लिम्बुवान प्रदेश, शेर्पालुङ प्रदेश, कोचिला प्रदेश ल्याउन सकिँदैन । त्यसैले हाम्रो जागरणलाई वैचारिक, राजनीतिक, संगठनात्मक संघर्षको क्षेत्रमा चौगुणा वृद्धि गर्न जरुरी छ, त्यसका लागि आजैबाट लागौं ।’

किरातीसहितका आन्दोलनकारीहरु गत १२ डिसेम्बरमा खोटाङको हलेसीबाट पक्राउ परेका थिए ।

नेकपा एमालेको झुलाघाट–चिवाभन्ज्याङ समृद्धि यात्रा सकिएपछि हिजो मात्रै प्रहरी हिरासतमा रहेका किरातीसहित दर्जनौ पहिचान आन्दोलनकारीहरुलाई प्रहरीले रिहा गरेको थियो ।

हिजो प्रदेशका विभिन्न जिल्लाबाट अलग अलग समयमा पक्राउ परेका ४७ जना आन्दोलनकारीहरु रिहा भएका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्